जनता भेटघाट तथा प्रचारमा साइपाल पुगे नेता महर

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ  : प्रदेश सभा र प्रतिनिधी सभा सदस्यका लागि हुने निर्वाचनलाई लक्षित गरी जनता भेटघाट तथा प्रचारमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महर साइपाल पुगेका छन् ।

महरले जिल्लाको सबै भन्दा विकट मानिएको साइपाल गाउँपालिकामा पुगेर ५ वटै वडाका जनताहरुसंग भेटघाट गरेका हुन् । महरले साइपाल पुगेपछी त्यहाँका जनताको दुख, सुख आफ्नै आँखाले देख्न पाएको बताए ।

पार्टीले आधिकारिक रूपमा उम्मेदवारको टुंगो नलगाउँदै महर साइपाल पुगेका हुन । महरले जिल्लाको विकट साइपाल गाउँपालिकाबाट औपचारिक रूपमा जनता भेटघाट तथा चुनावी प्रचार सुरु गरेका गरेका छन ।

अनेरास्वियुका पूर्वअध्यक्षसमेत रहेका महरलाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा अघि सारेको छ । महरसहित जिल्ला अध्यक्ष दमन भण्डारीसहितको टोली साइपाल गाउँपालिकामा पुगेको हो ।

अध्यक्ष भण्डारी पनि प्रदेशसभाको उम्मेदवारका दाबेदार हुन । टोलीले करिब हप्ता दिन साइपाल गाउँपालिकामा घरदैलो अभियान गरेर फर्किएको राष्ट्रिय युवासंघ बझाङका सह-संयोजक धिरेन्द्र सिंहले बताएका छन् ।

एमाले नेताका अनुसार बाहिर घोषणा नभएपनि नेता महरको टिकट पक्का जस्तै भएको बताएका छन् । केन्द्रीय नेताहरूले भनेर नै महर जनता भेटघाट तथा प्रचारमा हिडेका स्रोतले बताएको छ ।

समय कम भएकोले संघको उम्मेदवारले पछि साइपाल जान सक्ने सम्भावना कम भएकाले साइपाल गाउँपालिकाबाट महरले उक्त अभियान सुरु गरेको एमाले नेताहरुको भनाई छ ।

गठबन्धनसँग प्रमुख प्रतिस्पर्धीको रुपमा रहेको एमाले प्रचार अभियानमा जुटिसकेको भए पनि गठबन्धन आबद्ध दलहरूमा भने अन्योल नै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *