बझाङमा कुन राजनीतिक दलले कुन समयमा उम्मेदवारी दर्ता गर्दैछन् ?(तालिकासहित)

प्रदेश बझाङ मुख्य खबर राजनीति

बझाङ : मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि बझाङमा निर्वाचन अधिकृतका कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ताको तयारी पनि गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार सदरमुकाम चैनपुरमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय छलफल कार्यक्रममार्फत असोज २३ गते हुने उम्मेदवारी दर्ताको समय तालिका निर्धारण समेत गरेको छ ।

मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राजनीतिक दलहरूले समय तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

बैठकको निर्णयअनुसार १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने बताइएको छ । उक्त बैठकमा दलका प्रमुख तथा प्रतिनिधिहरुले मनोनयन दर्ता गर्दा आचारसंहिताको पुर्ण पालना गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

तालिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *