बझाङबाट एमाले नेता ऐन महरद्वारा मनोनयन दर्ता

प्रदेश बझाङ मुख्य खबर राजनीति सुदुरपश्चिम

बझाङ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरले बझाङबाट आइतबार उम्मेदार मनोनयन पत्र दर्ता गराएका छन् ।

उनले सदरमुकाम चैनपुर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवले बताए ।

जिल्लामा गठबन्धनसंग प्रतिशपर्दा गर्न एकल चुनावी मैदानमा उत्रिएकाे एमालेले बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि महर र प्रदेशसभा सदस्यका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । महर अनेरास्ववियुका पुर्व अध्यक्ष पनि हुन् ।

उनीसँगै प्रदेशसभा सदस्यका लागि क्षेत्र क बाट अफिलाल ओखेडा र क्षेत्र ख बाट एलबी रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *