बझाङ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा गठबन्धनबिरूद्ध बागि उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका नेता लाेकेन्द्र धामी (निर्मल)ले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।
आफु आगामी निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दर्ता गरेका ऐन महरलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएकाे उनले आफ्नाे फेसबुक एकाउन्ट मार्फत जानकारी गराएका छन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आदरणीय जनसमुदाय निर्मल धामिको हार्दिक नमस्कार ! मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बझाङग जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएको सर्बबिदितै छ । हामिले बझाङलाई समृद्ध बनाउनु छ । यहाँको बिकासको नेतृत्व गर्नुपर्ने अभिभारा हाम्रो काँधमा छ । त्यसैले यो निर्वाचन बाट सक्षम र सशक्त नेतृत्व निर्वाचित गर्नु पर्ने जिम्मेवारी बोध गर्दै मैले नेकपा एमालेका तर्फ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमरेड ऐन महरलाई समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिएको जानकारी सम्पुर्ण बझाङ बासी आमा बुवा दिदिबहिनी तथा दाजु भाइ हरुलाई जानकारी गराउन चाहन्छु । साथै सम्पुर्ण बझाङ बासी जनसमुदाय लाई सुर्य चिन्हमा मतदान गरि ऐन महरलाई बिजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु ।’
पत्रकार सम्मेलनमा बोल्दै धामीले आफ्नो अवको यात्रा भनेको गठवन्धनका उम्मेदवार भानुभक्त जोशीलाई हराउने उदेश्य रहेको बताए । भानुभक्त जोशी राजनितिक ब्यपारी भएको समेत उनले आरोप लगाएका छन् ।
धामीको स्टाटस यस्तो छ !