बझाङ : नेकपा (एमाले) बझाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐन महरसहितको टोली वित्थडचिर गाउँपालिकाका विभिन्न वडाबाट बुंगल नगरपालिकाका विभिन्न वडामा पुगेको छ ।
महरसँग प्रतिनिधी सभा समानुपातिक तर्फकी उम्मेदवार भागरथी सिंह पनि छन् । उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका छन् ।
‘बुंगल क्षेत्रकै दुर्गम मानिएका बस्तीमा प्रतिनिधिसभा उम्मेदवार महर नेतृत्वको टोली पुग्दा जनतामा छुट्टै आशाको किरण पलाएको छ,’ टोलीमा सहभागी एमाले नेता महेश जोशीले भने, ‘जनतामा एमालेप्रतिको भरोसा प्रष्टै देखिन्छ ।’
युवादेखि महिला, वृद्धवृद्धासम्मले उम्मेदवारहरुलाई निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनको भनाई छ । बुंगलमा कांग्रेसको जनमत भएको क्षेत्र हो ।
‘हाम्रो पार्टीको उम्मेदवारी नभएकाले हामी तपाईलाई सहयोग गछौ । स्थानीयले महरसँग गरेको कुराकानी उद्धृत गर्दै जोशीले भने, ‘जनताले पुनः एमाले जितोस् भन्ने चाहेका छन् ।’
यस्तै प्रदेशसभा (क) का उम्मेदवार अफिलाल ओखेडा नेतृत्वको टोली तलकोट गाउँपालिकामा र प्रदेश (ख) का उम्मेदवार लाल बहादुर रावल (एलवी) केदारस्युँ गाउँपालिकामा घरदैलोमा छन ।
यस्तै एमालेले सबै स्थानीय तहहरुमा समेत पार्टी प्रचारका कामहरु अघि बढाएको छ ।