बझाङ : बझाङको जयपृथ्वी नगरपालिका−७ मा रहेको सुनिपिपल चौर माध्यामिक विध्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।
जयपृथ्वी नगरपालिका −७ घर भै जापानको टोकियो विश्वविध्यालयमा अध्यनरत दिनेश प्रसाद जोशी रतालाले लामो समय देखि शिक्षण पेसामा रहेका बाजे मदनराज जोशीको नाममा करिब १५ लाख लागतमा मदन पुस्तकालय स्थापना गरेका हुन् ।
एक कार्यक्रमका विच उद्घाटन गरिएको पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै अभियान्ताका रुपमा समेत रहेका दिनेश जोशी (रताला) ले अहिलेको युग प्रविधिको युग भएकाले बझाङमा अध्ययन गरिरहेका विध्यार्थीले समेत अमेरिका जापान लगाएतका विकसित देशका विध्यार्थीसंग समेत सिकाइ आदानप्रदान गर्न सक्ने बताए ।
त्यहाँको बातावरण बुझ्न सक्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको र त्यसको संरक्षण र व्यवस्थापनमा विध्यालय परिवारले ध्यान दिनुपर्नेमा समेत जोड दिए ।
त्यसै गरी कार्यक्रममा सुनिपिपल चौर माध्यामिक विध्यालयका प्रधानाध्यापक विष्णुभक्त जोशीले विध्यार्थी र शिक्षकलाई ज्ञान आवश्यक पर्ने भएकाले समाज रहन्जुेल शैक्षिक संस्था रहने हुनाले पुस्तकालयको महत्व रहेको बताए ।
त्यसको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिने बताउदै पुस्तकालयको व्यवस्थापनको लागि एक जना शिक्षकलाई जिम्मेवारी समेत दिने बताए ।
शिक्षण पेसामा धेरै बर्ष विताएका मदनराज जोशीले पुस्तकालय शिक्षक र विध्यार्थी अविभावकको समेत ज्ञानको केन्द्र हुने भएकाले त्यसबाट सबैले फाइदा लिनुपर्नेमा जोडदिए ।
उनले आफ्नो बाल्यकाललाई सम्झदै रुखको छाहारी र छानामा पढ्दै हुर्केको समेत बताए । आफ्नै घरको आगनमा रहेको विध्यालयमा पुस्तकालय स्थापना भएकोमा धन्यवाद दिदै आफु पनि त्यसको संरक्षणका लागि लाग्ने जयपृथ्वी नगरपालिका −७ का वडाअध्यक्ष शिवराज जोशीले बताए ।
उक्त पुस्तकालयमा विभिन्न पुस्तकहरु र्याक, टेवल, कुर्सी, प्रोजेक्टर र १८ ओटा ल्यापटप समेत राखिने भएको छ ।
यस अघि सत्यवादी माध्यामिक विध्यालय भोपुर, बालमन्दिर आधारभुत विध्यालय, जालपा माध्यामिक विध्यालय देवल लगाएतका १५ वटा विध्यालयहरुका विध्यार्थीहरुलाई जापानिज झोला समेत वितरण गरेका थिए ।