बालविवाह रोक्न धर्मगूरुको भुमिका महत्वपूर्ण छः नगरप्रमुुख बजाल

बझाङ समाचार सुदुरपश्चिम

रिदम सिंह, बझाङ । जयपृथ्वी नगरपालिकाले वालविवाहलाई रोक्नका लागी काम गर्ने नगरप्रमुख चेतराज बजालले बताएका छन् । बालविवाह न्युनिकरणका लागी धर्मगुरुहरुको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बजालले नगरपालिकाले वालविवाह न्युनिकरणका लागी विषेश रुपमा काम गर्ने बताए ।
जयपृथ्वी नगरपालिकाभित्र बालविवाह गर्ने परम्परा र त्यसले हुने महिला माथीको हिंसालाई प्रत्साहित गरेको बताउदै पालिका भित्र रहेका सवै विद्यालयमा सचेतना मुलक कार्यक्रम गर्ने र विद्यार्थीहरुको माध्यमबाट सचेतना फैलाउन सहज हुने बताए । ‘वालविवाहलाई रोक्नका लागी नगरपालिकाले योजना बनाइरहेको छ । वालविवाहलाई निरुत्साहित गर्नका लागी हामी नगरपालिकामा दलित विकास समिती र महिला विकास समितीको निर्माण गदै छौ । त्यसले समाजमा हुने गलत कार्यहरु रोक्नका लागी सघाउ पुुग्ने अपेक्षा हामीले लिएका छौ,’ नगरप्रमुख बजालले बताए । साथै बालविवाह न्युुनिकरणका लागी धर्मगूरुहरुको भुमिका महत्वपूर्ण रहेको समेत नगरप्रमुख बजालले बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै त्रिभुुवन विश्वविद्यालयका प्राफेसर डा. शुक्रराज आचार्यले बझाङ एक पूण्र्यभूूमी भएका कारण विश्वमा मानवताभन्ने कुरा पत्ता नलाग्दै बझाङमा मानवतावादी विचारको जन्मभएको बताए । बझाङबाट मानवतावादी विचारको आवाजलाई वुलन्द पार्नका लागी मानवतावादी राजा जयपृथ्वी बहादुुर सिंहको भुमिका अहम रहेका बताए । उनले भने, ‘मानवतावादी विचारभएको व्यक्ति जन्माएको बझाङले शिक्षा लगाएतका कुराहरुमा सोचेजती फड्को मार्न नसकेका कारण यहाँका पालिकाहरुले अवका दिनमा शिक्षालाई जोड दिनुु पर्ने र हानिकारक संस्कार वालविवाहलाई निरुत्साहित पार्न आवश्यक रहको छ ।’ ‘कुनै पनि धर्मले उमेर नपुुगी विवाह गरिदिदाँ त्यसले पूूण्र्य कमाइन्छ भनेर नभनेका कारण अव धर्मगुुरुहरुवाट नै बालविवाहलाई रोक्न ठुलो सघाउ पुुग्छ ।’
बझाङमा वालविवाह, छाउपढी प्रथा, महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने, पुरुषले गर्ने काम महिलाले गर्दा त्यसलाई समाजले नस्विकार्ने जस्ता संस्कार बझाङा रहेको कार्यक्रममा सहभागीहरुको भनाई रहेको थियो । महिलाहरु माथी हुने हिंसाहरुको मुख्य कारण महिलामाथी गरिने व्यवहार पनि रहेको महिला अधिकार मञ्च बझाङका अध्यक्ष जयन्ती जोशीले बताइन् । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बझाङमा बालविवाहको मुख्य कारण विद्यालय उमेरका किशोरकिशोरीहरुले प्रयोग गर्ने सामाजिक संञ्जाल र फोन रहेको बताए । स्थानीय तहहरुले यसप्रति ध्यान दिएर समेतनाका कार्यक्रमहरु गर्न आवश्यक रहेको उनको भनाइृ थियो ।
साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बौद्ध धर्म मान्ने समुदायमा छाउपडी प्रथाको भयानक अवस्था नरहेको बताइन् । ‘हिन्दुु समुुदायका नागरिहरुले महिनावारी भएको समयमा महिलामाथी गर्ने भेदभाव तथा जुुन दृश्टीकोण राख्ने गर्छन् त्यस्तो हाम्रो समुदायमा छैन् । बुद्ध धर्ममा महिलामाथी हिंसा नै छैन् भन्ने होइन् तर महिनावारी भएको समयमा महिलामाथी गरिने व्यवहार हिन्दुु धर्म मान्नेहरुको तुलनामा बौद्ध मान्ने समुुदायमा राम्रो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *