उपाध्यक्ष तामाङको पहलमा गाउँमा नै स्वास्थ्य शिविर 

बझाङ समाचार सुदुरपश्चिम

रिदम सिंह, बझाङ । साइपाल गाउँपालिकामा यही पुष ८ गतेदेखी तीन दिने शिविर संञ्चालन हुने भएको छ । गुँरासे क्लयाणकारी सेवा प्रतिष्ठान, रोटरी क्लव अफ नक्सालको आयोजनामा पुष ८,९ र १० गतेसम्म तिन दिने निशुल्क स्वास्थ्य शिविर संञ्चालन हुने भएको छ ।

गाउँपालिकामा रहेका महिलाहरुको स्वास्थ्य समस्याका आधारमा शविरको आयोजना गरिएको साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो । आफु गाउँमा जाँदा समस्या आङ खस्ने, पाठेघरको समस्या तथा दाँत सम्वन्धि रोगवाट पीडित महिलाहरुको समस्या देखेका कारण पालिकाको केन्द्रमा तीन दिनसम्म शिविरको आयोजना गरिएको उपाध्यक्ष तामाङले बताउनु भयो ।

‘गाँउ र नागरिकको विकास तथा सहयोग गर्छु भन्ने उदेश्यले पालिकाको जनप्रतिनिधी बनिसकेपछि आफुले साइपालमा महिलाहरुको स्वास्थ्यमा सहयोग गर्ने सोच बनाएको थिए । साइपालका नागरिकले र मलाई विजयी गरेपछी अव मैले यहाँका नागरिकका लागी काम गर्नुपर्छ,’ उपाध्यक्ष तामाङले भन्नुभयो, ‘मेरो पहिलो प्राथमिकतामा साइपाल गाउँपालिकाका महिलाहरुको समस्या पर्यो । उनीहरुको समस्या समाधानका लागी राष्ट्रपतिलाई आग्रह गरी साइपालमा तीन दिने शिविर संञ्चालन गर्दैछौ ।

साइपाल गाउँपालिकाको केन्द्र वडा नं. ३ को काँडामा संञ्चालन हुने शिविरमा आङ खस्ने समस्या, पाठेघरको समस्या, दाँतका विरामीहरुका लागी र अन्य भिडियो एक्स–रे सेवा, बालबालिकाहरुको रोगको समस्या र होलवडी चेकजाँच लगाएतका सेवा पालिकामा नै दिइने भएको हो । शिविर संञ्चालनका लागी साइपाल गाउँपालिका र नेपालगञ्ज मेडिकल कलेको सहकार्य तथा जिएमसी हस्पिटल पोखरा, युसीएमसी हस्पिटल भैरहवाको प्राविधिक सहयोगमा शिविर आयोजना गर्न लागिएको उपाध्यक्ष तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *