एक वर्षदेखी वालुवाटार बाँझैः हिउँदे वर्षा नहुदाँ किसानहरु चपेटामा

बझाङ समाचार सुदुरपश्चिम

रिदम सिंह, बझाङ । हिउँदे वर्षा हुन नसक्दा किसानहरु मर्कामा परेका छन् । पुष महिनाको अन्तिमसम्म पनि हिउँदे बर्षा नहुँदा किसानहरुले लगाएको गहुँ वाली सुक्न थालेको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिकाका पडेस लगाएतका जिउलामा र सिँचाई नहुने जिल्लाका ग्रामिण भेगमा लगाएको गहुँ वाली सुक्न थालेको किसानहरुले गुनासो गरेका छन् ।
कात्तिक महिना छरेको गहुँ उम्रेपनि आकासे पानीको भरमा रहेका किसानहरुका लागी हिउँदे वर्षा नहुँदा बाली सुक्न लागेको खप्तड छान्ना गाउँपालिका वडा नं. ३ का स्थानीय पुस्कर रावलले बताए । खप्तडछान्ना गाउँपालिकाका जिउला तथा भुवाँ बारीमा लगाएको गहुँसँगै तरकारी लगाएतका बालीहरु लामो समयको खडेरीका कारण सुक्दै जान थालेको उनले बताए । खप्तड छान्ना गाउँपालिकाको वडा नं. ३ मा रहेको मेल्तडीको दानकोट जिउला, वडा नं. ५ को वडगाउँ जिउला, वडा नं. ४ को डुङ्ग्रीमा पर्ने जिउला लगाएका जिउलाहरुमा लगाएको गहुँवाली सुक्ने अवस्थामा पुगेको रावलले बताए ।


बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधीहरुले कृर्षि क्षेत्रलाई प्राथमिकता नदिदाँ किसानहरुलाई झनै समस्या भईरहेको छ । गाउँपालिकामा करोडौं वजेट आएको भएपनि किसानहरुका लागी सिँचाई कुलो पालिकाका जनप्रतिनिधीको प्राथमिकतामा नपरेपछी पछिल्लो १ वर्षदेखी अवरुद्ध भएको सिँचाई कुलो मर्मत हुन नसकेको खप्तडछान्ना गाउँपालिका वडा नं. ४ का किसानहरुले बताएका छन् । खप्तडछान्ना गाउँपालिकाका जनप्रतिनिधीहरुले कार्यकर्ता खुसी पार्नका लागी टुक्रे योजनालाई प्राथमिकता दिदाँ कृर्षि क्षेत्र ओझेलमा परेको हो ।


गत वर्ष कात्तिक महिनामा आएको वेमौषमी बाढीले सिँचाई हुने क्षेत्रका नहरहरु तहस नहस पारेपछी पछिल्लो एक वर्षदेखी सिँचाई हुन नसक्दा अन्नवालीको उत्पादन समेत घटेको छ । स्थानीय तहको प्राथमिकतामा सिँचाई क्षेत्र नपरेपछी अन्नबाली उत्पादनकमा गिरावट आएको हो । खप्तडछान्ना गाउँपालिका मात्रै नभएर छविस पाथिभेरा गाउँपालिका वडा नं. १ का किसानहरुले लगाएको अन्नवालीमा प्रभाव परेको छ । सिँचाई हुने क्षेत्र भएपनि लामो समयसम्म हिउँदे वर्षा नहुँदा गहुँवाली सुक्ने अवस्थामा पुगेको छविस पाथिभेरा गाउँपालिका वडा नं. १ का स्थानीय लोकेन्द्र गिरीले बताए । गत वर्षको कात्तिकमा सेतीमा आएको बाढीले सिँचाई कुलो वगाउँदा सिँचाई सुविधाबाट वञ्चित भएका किसानहरुले राम्रोसँग अन्नवाली उतपादन गर्न नपाएको बताएका छन् ।
एक वर्षदेखी वालुवाटार बाँझैः
छविस पाथिभेरा गाउँपालिका वडा नं. १ मा रहेको बालुवाटार जिउला पछिल्लो १ वर्षदेखी वाझैँ छ । गत वर्ष कात्तिकमा आएको वेमौषमी वर्षका कारण सिँचाई कुलो बगेपछी त्यहाँ खेती हुन सकेको छैन् । सेती नदीले जाल्यावगरमा रहेको सडकसँगै सिँचाईको नहर बगाएरपछी सिँचाई गर्न नपाएको स्थानीयहरुले बताएका छन् ।
धानवाली वर्षाको समयमा आकाशे पानीवाट जेनतेन लगाएका किसानहरुले गहुँ छरेनन् । सिँचाई समेत नभएका कारण गहुँवाली नलगाएको स्थानीय लोकेन्द्र गिरीले बताए । वालुवाटार जिउलाबाट परिचित उक्त जिउला अहिले बाझैँ राख्दा खाद्यन्न अभाव हुने अवस्था आएको किसानहरुले बताएका छन् । गाउँपालिकाले बगेको नहरको पुर्ननिर्माणमा चाँसो नदेखाउँदा नहर बन्ने वा नबन्नेमा स्थानीयहरु अन्यौलमा रहेका छन् ।
यसरी खाद्यन्नको राम्रो उत्पादन हुने जिउदाहरु बाँझो रहनु खाद्यन्नका लागी भयानक समस्याको संकेत भएको बझाङ जिल्लामा खाद्यअधिकारको क्षेत्रमा काम गर्दै आएको फिायन नेपालले बताएको छ । उत्पादनका लागी राम्रो मानिएका जिउलाहरु एक वर्षदेखी बाँझो राख्दा परिवारको खाद्यन्न समस्या हटाउनका लागी स्थानीयहरु भारत लगाएतका तेस्रो मुलुकमा पलायन हुनुपर्ने अवस्था आएको फिायन नेपाल बझाङकी संयोजक सीता सिंहले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *