नेपाल निजामती कर्मचारी संगठन बझाङद्वारा उच्चस्तरीय तलब सुविधा आयोग समक्ष सुझाव पेश

समाचार सुदुरपश्चिम

रिदम सिंह, बझाङ । नेपाल निजामती कर्मचारी संगठन बझाङले उच्चस्तरीय तलब सुविधा आयोग समक्ष सुझाव पेश गरेको छ । शुक्रबार धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कर्मचारी संगठनले सुझाव संकलन गर्ने क्रममा नेपाल निजामती कर्मचारी संगठन बझाङले पनि सुझाव पेश गरेको नेपाल निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश धामीले जानकारी दिनुभयो ।

कार्यक्रममा निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष धामीले जिल्लामा रहेका निजामति कर्मचरी संगठनमा आवद्ध कर्मचारीहरुले तत्काल जिल्लामा काम गर्ने क्रममा भोग्नु परेका समस्या, करारमा रहेका कर्मचारीहरूको उचित व्यवस्थापन गर्नुपर्ने,0 राजनितिक परिवर्तनका कारण कर्मचारहिरुमा परेका समस्या, काम गर्ने क्रममा कर्मचारीहरुमा आउने दवावका बारेमा जानकारी गराएको बताउनुभयो । त्यसैगरी दुर्गम जिल्लामा कार्यरथ कर्मचारीहरुले न्युन पारिश्रमिकमा काम गर्नु पर्ने अवस्थाका बारेमा जानकारी गराएको र कर्मचारीहरुको हकहित, पेशागत सुरक्षाको ग्यारेन्टी सरकारले गर्नेगरी निजामती ऐन ल्याउनु पर्ने लगाएतका सुझाव पेश गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

स्थानीय तह, प्रदेश तथा संघ अन्र्तगतका कार्यालयमा रहेका कर्मचारीहरुलाई सरकारले समय समयमा तालिम, अभिकुखीकरण कार्यक्रम गर्नुपर्ने, नागरिकहरुलाई सेवा दिनेक्रममा आउने समस्याहरु समाधानका लागी सिघ्र समाधान गर्ने किसिमका संयन्त्रहरु संञ्चालनमा ल्याइनु पर्ने सुझाव आफुले पेश गरेको अध्यक्ष धामीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *