कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धि चार दिने तालिम चैनपुरमा सुरु

बझाङ समाचार सुदुरपश्चिम

बझाङ । कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धि चार दिने तालिम सदरमुकाम चैनपुरमा आज देखी सुरु भएको छ । प्रगतिशिल युवासमाज र वल्र्ड भिजनको साझेदारीमा संचालित कार्यक्रम अन्र्तगत केदारस्यँु गाउँपालिकाका वडानमबर ३, ६, ७ र ८ का २१ जना पढाइ शिविर सहजकर्ता मार्फत बालबालिकाहरुलाई बाल साहित्यको माध्यामबाट पढाइ प्रति अभिरुचि गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको प्रगतिशिल युवासमाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले बताउनुभयो । विहिबार देखि सुरु भएको उक्त तालिममा बोल्दै लामो समय देखि बाल साहित्य र कथाहरु लेख्दै र प्रकाशन गर्दै आउनुभएका यसु श्रेष्ठले बालबालिकाहरुका लेखिएका बालसाहित्य कथाका पुस्तकहरु बालबालिकाले मात्र नभई अभिभावकले पनि पढ्नुपर्ने र पढाइ शिविर सहजकर्ताहरुले लेखेका कथाहरु पनि प्रकाशन गर्नुपर्ने समेत बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाका निवर्तमान अध्यक्ष जगदीस रोकाया, वल्र्ड भिजनको बालस्पोन्सरशिप कार्यक्रमका संयोजक तिलक केसी, प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशी, प्रगतिशिल युवासमाजका उपाध्यक्ष, देवकी जोशी र अध्यक्ष रमेश केसीले बालबालिकाले साहित्य तथा कथाको माध्यामबाट छिटो सिक्ने भएकाले कथावाचन सम्वन्धी तालिम एकदमै प्रभावकारी भएको बताउदै बालबालिकाको पढाई अभिवृर्दि गर्ने उदेश्यले आयोजना गरिएको उक्त तालिम कार्यक्रमको सफलताको शुभकामना दिनुभएको हो । पछिल्लो समय प्रगतिशिल युवासमाजले जिल्लाका विभिन्न स्थानियतहहरुमा शिक्षा, स्वास्थ्य, जिविको पार्जन र भौतिक निर्माणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *