रिदम सिंह, बझाङ । तल्कोट गाउँपालिका १ मा ८ दिने उद्यमशिलता विकास तथा लैंङ्गिक समानता कार्यक्रम सम्पन्न भएको छ । गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्र्तगत स्थानीय महिलाहरुलाई उक्त ८ दिने कार्यक्रम संञ्चालन गरिएको हो । कार्यक्रम अन्र्तगत रहेर वडा नं. १ भित्रका १२ जना महिलाहरुलाई ८ दिनसम्म अल्लो प्रशोधन तथा अल्लोबाट निर्माण हुने धागो, व्याग, कोट लगाएतका सामानहरु निर्माण गर्ने सीप सिकाइएको तल्कोट गाउँपालिकाकी उद्यम विकास सहजकर्ता सुस्मिता धामीले जानकारी दिइन् ।
पहिलो चरण अन्र्तगत रहेर तल्कोट गाउँपालिकाका प्रत्येक वडामा ८ दिनसम्म तालिम संञ्चालन गर्ने र पहिलो चरण सकिएपछी सवै वडा भरीका ७५ जनालाई ४५ दिनको तालिममा सहभागी गराएर उत्पादनमा जोड दिइने धामीले बताइन् । ‘गाउँमा नै महिलाहरुलाई रोगजारी दिनका लागी र उनीहरुलाई आर्थिकरुपमा सशक्त बनाउनका लागी पालिकाले अवधारण लिए बमोजिक तालिमको आयोजना गरिएको हो । तालिम पश्चात अनुदानका महिलाहरुलाई उत्पादनसँग जोडिने छ,’ धामीले भनिन् । ८ दिने तालिमको सहजिकरण उद्यमविकास सहजकर्ता सुस्मिता धामी र विन्दु चन्दले गर्नु गरेकी हुन् । हालसम्म १,२,३ नं. वडामा संञ्चालन भइसकेको र आइतवारबाट वडा नं. ७ मा संञ्चालन गरिने उद्यमविकास सहजकर्ता चन्दले जानकारी दिइन् ।
८ दिने उद्यमशिलता विकास तथा लैंङ्गिक समानता कार्यक्रमका समापन गर्दै तल्कोट गाउँपालिका १ का वडाध्यक्ष रामचन्द्र रावलले पालिकामा रहेका महिलाहरुको सीप, दक्षता र आर्थिक समृद्धीसँग सीपमुलक कार्यक्रमहरु जोडिएका कारण यी कार्यक्रम प्रभावकारी हुने बताए । उनले महिलाहरु जवसम्म आर्थिक रुपमा सम्पन्न हुदैन्, तवसम्म महिलामाथी हुने विभेद, हिंसाहरु निरुत्साहित नहुने दावि गरे । महिला समानताका लागी महिलाहरु आर्थिक रुपमा वलियो हुन आवश्यक रहेको समेत वडाध्यक्ष रावलले बताए । कार्यक्रमलाई संञ्चालन गर्नका लागी गरिवी निवारणका लागी लघुउद्यमशिलता विकास कार्यक्रम (मेड्पा)को आर्थिक सहयोग र तल्कोट गाउँपालिकाको प्राविधिक सहयोगमा कार्यक्रम संञ्चालन भइरहेको धामीले जानकारी दिइन् ।