रिदम सिंह, बझाङ । प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाईमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । एक महिनादेखी कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले लिनुपर्ने भुक्तानी नभएको, र कार्यालयवाट हुने विभिन्न कार्यन्वय गर्नुपर्ने कार्यक्रमहरुको कार्यन्वयन हुन नसक्दा समस्या भएको छ । तत्कालिन कार्यालय प्रमुख सविता जोशी अध्ययनका लगाी अष्ट्रेलिया गएपछी एक महिनादेखी कार्यालय प्रमुखविहीन भएको हो ।
कार्यालयमा कार्यालय प्रमुखका लागी विभाग लगाएतका निकायमा निरन्तर आग्रह गर्दापनि कुनै सुनुवाई नभएको प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाईमा कार्यरथ कुम्वराज रोकायाले बताउनुुभयो । कार्यालय प्रमुखका लागी विभागमा पटक पटक पत्राचार गरेको भएपनि हालसम्म कुनैपनि कर्मचारी नआएको उहाँले बताउनुुभयो । विभागमा कर्मचारीहरु भएपनि बझाङमा आउन नमानेका कारण एक महिनादेखी कार्यालयमा प्रमुख नभएको रोकायाले बताउनुुभयो । अहिले प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाईमा लेखा शाखामा कार्यरथ लेखापाल हर्कदेव जोशीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाईले जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये ७ वटा गाउँपालिका र १ वटा नगरपालिका गरी ८ वटा पालिकाका ३० वटा वडामा काम गरिरहेको छ । बझाङमा आलुमा राम्रो उत्पादनको सम्भावना रहेको र जिल्लालाई आलुमा आत्मनिर्भर वनाउने उदेश्यले आलुको क्षेत्रमा काम गरिरहेको आलुजोन बझाङले पछिल्लो समय बझाङमा दलहन बाली सिमीका क्षेत्रमा पनि काम गरिरहेको छ ।