रिदम सिंह, बझाङ । बुधवार भएको जयपृथ्वी नगरपालिकाको ११ औं नगर सभामा नेपाल निजामति कर्मचारी संगठन जिल्ला शाखा बझाङले कर्मचारीहरुको हकहितका लागी प्रस्तावना पेश गरेको छ । नगरपालिकाको नगरसभा मार्फत नगरपालिकामा कार्यरथ कर्मचारीहरुको हकहितका लागी भन्दै प्रस्ताव पेश गरिएको नेपाल निजामति कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश धामीले जानकारी दिनुुभयो ।
नगरसभामा पेश गरिएको प्रस्तावमा ७ बुुदे माग राखिएको छ । जसमा कर्मचारीहरुले दिने सेवालाई चुस्त दुरुस्त बनाउनका लागी सेवाग्रहीहरुलाई नमस्कार गर्ने, करार सेवामा रहेका कर्मचारीहरुको सेवाअवधी एक वर्ष पुगेपछि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने र १० प्रतिशत कर्मचारीको तलव र १० प्रतिशत रकम स्थानीय सरकारवाट थप गर्नुपर्ने, कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्युनतम् पारिश्रमिक उपलब्ध गराउनु पर्ने लगाएतका माग राखिएको छ । त्यसैगरी जुन सेवा समुहमा कर्मचारी प्रवेश गरेको हो, सोही सेवा समुहमा रहनेगरी जिम्मेवारी तोक्नु पर्ने, मापदण्ड, कार्यविधी वनाई सरुवा वढुवा तथा पुरस्कार र सजायको व्यवस्थापन गर्नुपर्ने, पालिकाहरुको स्वास्थ्य संस्थालाई आवश्यक पर्ने प्रशासनिक खर्च शाखाबाट उपलब्ध गराइदै आएकोमा सम्वन्धित संस्थाहरुलाई नै प्रशासनिक खर्च उपलब्ध गराउने व्यवस्था गरिनुु पर्ने माग सहित प्रस्ताव पेश गरिएको अध्यक्ष धामीले जानकारी दिनुुभयो ।
यसैवीच कर्मचारीहरुको सेवा सुविधा, सरुवा वढुुवाका लागी स्थानीय सरकार जागरुक भइ जिम्मेवार बन्नुु पर्ने निजामति कर्मचारी संगठन बझाङका अध्यक्ष धामीको भनाई रहेको थियो । सेवाग्राहीको समस्यालाई सधैं जिम्मेवारीका रुपमा लिएर काम गर्ने कर्मचारीहरुलाई सरकारले न्याय गर्नु पर्ने उहाँले बताउनुुभयो ।