रिदम सिंह, बझाङ । कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धी चार दिने तालिम विहिवार सम्पन्न भएको छ । प्रगतिशिल युवा समाजको आयोजना, जयपृथ्वी नगरपालिका, केदारस्यूँ गाउँपालिकाको समन्वय तथा वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संञ्चालन गरिएको कथा वाचन तथा सामाग्री निर्माण सम्वन्धी विहिवार (आज) सम्पन्न भएको हो । गुणस्तरीय तथा समावेशी शिक्षा परियोजना अन्तरगत रहेर जयपृथ्वी नगरपालिकाका २३ वटा पढाई शिविरका सहजकर्ताहरुका लागी यही माघ ९ गतेदेखी उक्त तालिमका आयोजना गरिएको थियो । गुणस्तरीय तथा समावेशी शिक्षा अन्र्तगत जयपृथ्वी नगरपालिकाको १, ६, ८ र ११ गरी ४ वटा वडामा उक्त परियोजना संञ्चालनमा रहेको छ ।
सो परियोजना अन्र्तगतरही प्रत्येक शनिवारका दिन ९० मिनेटसम्म विद्यालयबाहेकको अतिरिक्त शिक्षा दिने उदेश्यले पढाई शिविर संञ्चालन गरिदै आएको र सो पढाई शिविरका सहजकर्ताहरुको क्षमता विकास, पढाईको प्रभावकारिता बढाउन र अध्ययन सामाग्री निर्माणका लागी तालिमको आयोजना गरिएको प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत शिव रोकायाले जानकारी दिनुुभयो । शनिवारको दिन हुने पढाई शिविरलाई प्रभावकारी बनाउन, पढाईको स्तर वृद्धि गर्न, तथा बालबालिकाको पढाईप्रति इच्छा शक्ति बढाउनका लागी कथा बाचन तथा सामाग्री निर्माण सम्बन्धी तालिमको आयोजना गरिएको वल्र्डभिजनका बझाङ जिल्ला कोडिनेटर तिलक केसीले बताउनुुभयो ।
समापन कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक यशुु श्रेष्ठले बालबालिकाको सीप विकास गर्नु नै कार्यक्रमको उदेश्य भएका कारण समाजमा परिवर्तन ल्याउनका लागी शिक्षामा सके भन्दावढी लगानी गर्न आवश्यक हरेको बताउनुुभयो । शिक्षामा गरिएको लगानीले समाजलाई कस्तो वनाउने भनेर निर्धारण भएकाले बाल साहित्य भनेको मानव शरिरको गिदी र मुटु जस्तै महत्वपूणर् रहेको श्रेष्ठले बताउनुुभयो । शिक्षित बालबालिका भएमात्रै देशको भविष्य उज्यालो हुने भएका कारण स्थानीय सरकारले पनि शिक्षाको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उहाँको भनाई रहेको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले कथा वाचनले सिकाईलाई प्रभावकारी बनाउने, शिक्षा सिकाई र शिक्षाको गुणस्तरीयातालाई थप प्रभावकारिता प्रदान गर्ने बताउनुुभयो । सिधा तरिकाले पढाउने विधीभन्दा पनि कथाका माध्यमबाट सिकाईने शिक्षा जीवन उपयोगी र प्रभावकारी हुने नगरप्रमुख बजालले बताउनुुभयो । साथै वल्र्ड भिजनले गरेका कामहरू एकदमै प्रभावकारी भएकाले संस्थाको सहकार्यलाई थप परिस्कृत गर्नका लागी नगरपालिका सधैं तयार रहेको समेत बताउनुुभयो ।
त्यसैगरी प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले कथा वाचनको उदेश्यलाई पूणर्ता दिनका लागी पढाई शिविरमा आवद्ध पढाई सहजकर्ताहरूको ठुलो भुमिका रहने बताउनुभयो । शिक्षालाई प्रभावकारी बनाउन शिक्षण विधीलाई समयानुकुल रूपमा वदल्ने र त्यसलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने हो भने समृद्धीका क्षेत्रमा सहयोग हुने केसीले बताउनुभयो । साथै नगरपालिका भित्र शिक्षाको क्षेत्रमा थुप्रो काम गरिरहँदा सबैको साथ सहकार्य हुन आवश्यक रहेको र संस्थाको उदेश्य र लक्ष्यलाई पूणर्ता दिन स्थानीय सरकार, संघसंस्था तथा आम व्यक्तीको सहयोग आवश्यक रहेको अध्यक्ष केसीले बताउनुभयो ।
प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा संञ्चालन भएको उक्त समापन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल प्रमुख अतिथी रहनुभएको थियो । चार दिनसम्म संञ्चालन भएको तालिमले पढाईको शैलीमा सकारात्मक प्रभाव पारेको तालिममा सहभागी पढाई शिविर सहजकर्ता निर्मला जोशीले बताउनुुभयो ।