प्रगतिशिल युवा समाजद्धारा जोखिममा रहेका बालबालिकालाई शैक्षिक समाग्री वितरण

बझाङ समाचार

बझाङ । प्रगतिशिल युवा समाज बझाङले जोखिममा रहेका बालवालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । बुधबार जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ६ मा रहेको सरस्वती आधारभुत विद्यालय गाँजरीमा अध्ययन गर्दै आएका दर्ता गरिएका अति जोखिममा रहेका ५४ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । प्रगतिशिल युवा समाज बझाङ र वल्र्डभिजन इन्टरनेशनल नेपालद्धारा संञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरिएको हो ।
१५ वटा कापी, १० वटा पेन्सिल, १० वटा कटर, विद्यालय पोशाक, जुत्ता, स्विटर, झोला लगाएतका समाग्रीहरु गरी प्रत्येक विद्यार्थीलाई ३ हजार २२ रुपैयाँ बराबरको शैक्षिक समाग्री वितण गरिएको समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका फिल्ड अधिकृत दिनेश खड्काले जानकारी दिनुभयो । आर्थिक अवस्था निकै कमजोर भएका दलित समुदायका बालबालिका, आमावुवा नभएका बालबालिकाहरुलाई सो सामाग्री वितरण गरिएको फिल्ड अधिकृत खड्काले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *