बझाङ । नेकपा एमालेको बझाङ काठमाडौं सम्पर्क मञ्चको सचिवमा राम उपाध्याय चयन हुनुुभएको छ । लामो समयदेखी अनेरास्ववियुुका राजनितीमा सक्रिय उपाध्यायलाई शनिवार नेकपा एमालेको बझाङ काठमाडौं सम्पर्क मञ्चको सचिवमा चयन गरिएको हो ।
तत्कालिन सचिव नरेन्द्र बहादुर बोहरा निजामती सेवामा प्रवेश गरेपछी बझाङको थलारा गाउँपालिका ७ कोइरालकोट घर भएका उपाध्यायलाई शनिबार सचिवमा चयन गरिएको हो । उपाध्याय राष्ट्रिय युवा संघ नेपालका सुदुरपश्चिम कमिटी सदस्य समेत रहेका छन् । उनी यसअघी सहसचिवको जिम्मेवारीमा रहेका थिए ।