बझाङ । नेपाल टेलिकमको टावरले काम नगर्दा साइपाल गाउँपालिकावासी सम्पर्कवीहिन भएका छन् । जिल्लाको अति दुुगर्म पालिकाको रुपमा रहेको साइपाल गाउँपालिकामा संञ्चारको एक मात्रै विकल्पको रुपमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछी यतीवेला साइपाल गाउँपालिकाबासी संञ्चारविहीन भएका छन् ।
२०७६ सालमा साइपाल गाउँपालिकाको वडा नं. २ नाग्नामा बनेको नेपाल टेलिकमको टावरले शनिवारदेखी काम गर्न छोडेपछी साइपाल गाउँपालिकाका सवै वडाका नागरिकहरु संञ्चार सेवावाट वञ्चित भएका छन् । साइपाल गाउँपलिकामा नेपाल टेलिकम बाहेक अन्य कुुनैपनि टेलिकमको सेवा उपलब्ध हुन नसक्दा साइपाल गाउँपालिकावासी वेला वेला संञ्चारसँगको सम्पर्कविच्छेदको समस्या भोग्दै आएको साइपाल गाउँपालिका वडा नं. ५ का स्थानीय गणेश बोहराले बताउनुुभयो ।
साइपाल गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावर मष्टा गाउँपालिकाको भकुुण्डेमा रहेको टेलिकमको टावरबाट रिपिटरको टावरको रुपमा संञ्चालन हुने भएका कारण भकुुण्डेको टावरमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम बझाङले जनाएको छ । टेलिकम टावर संञ्चालनका लागी काम गरिरहेको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिनुुभयो ।