रिदम सिंह, बझाङ । “बाल सम्बृद्धिका लागि बाल बचत, आजैबाट बचत गर्ने बानीको बिकास गरौंं” भन्ने मुल उदेश्यका साथ बालबालिकाहरु लाई खुत्रुके वितरण गरिएको छ । बालबालिकाहरुको बचत गर्ने बानीको बिकास गर्नका लागी “खुत्रुके बाल बचत” का लागी अति जोखिममा रहेका बालबालिकालाई खुत्रुके वितरण गरिएको हो । अति जोखिममा रहेका दर्ता भएका बालबालिकाहरु अन्र्तगत जयपृथ्वी नगरपालिका वडा नं. १ का दुई सय र केदारस्यूँ गाउँपालिका वडा नं. ६ का एकसय बीस बालबालिकाहरुलाई वितरण गरिएको वल्र्डभिजन इन्टरनेशनल नेपालका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले जानकारी दिनुभयो ।
बालबालिकामा सानैबाट बचतको महत्वका साथै वित्तिय साक्षरताको पनि सामान्य जानकारी दिने उदेश्यका साथ खुत्रुके वितरण अभियान थालिएको हो । जसले गर्दा बालबालिकामा सानैबाट बचत गर्ने बानिको विकास हुनुका साथै भविष्यको लागि समेत बालबालिकाहरुलाई जिम्मेवार हुन सहयोग पुग्ने कार्यक्रम व्यवस्थापक जोशीले बताउनुभयो ।
एक अनुसन्धान अनुसार बालबालिकामा १३ वर्षको उमेरसम्ममा आर्जन भएको संस्कारले उसको जीवनमा ८० प्रतिशत भूमिका खेल्दछ । बाँकी २० प्रतिशत पछीमात्रै परिवर्तन हुने गर्दछ । उपयुक्त वित्तीय शिक्षाले नै उनीहरुलाई आर्थिक रुपमा सबल सक्षम, आत्मनिर्भर, स्वाबलम्बी, जिम्मेवार, नैतिकवान र इमानदार बन्न सकोस् भन्ने उदेश्यले कार्यत्रम लागु भएका जयपृथ्वी नगरपालिका र केदारस्यूँ गाउँपालिकामा रहेका दर्ता भएका अति जोखिममा रहेका बालबालिकाका लागी यो अभियान प्रभावकारी बन्ने संस्थाले अपेक्षा लिएको छ । आर्थिक ज्ञान र असल संस्कार दिई असल सक्रिय नागरिक तयार गर्ने उद्देश्यलेयो कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यक्रम व्यवस्थापक जोशीले बताउनुभयो ।
जिल्लाको जयपृथ्वी नगरपालिका र केदारस्यूँ गाउँपालिकाका ८ वडा वडामा प्रगतिशिलको साँझेदारीमा वल्र्डभिजन इन्टरनेशनल नेपालले बालबालिकाको क्षेत्रमा रही गुणस्तरीय शिक्षा, स्वास्थ्य, जिवीको पार्जन तथा पोषण लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।