बझाङ : बझाङमा नेकपा एमाले समर्थक पेशागत महासंघ जिल्ला समितिको अधिवेशन सम्पन्न भएको छ ।
सदरमुकाम स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न भएको पेशागत महासंघ नेपाल बझाङ जिल्ला समिति अधिवेशनबाट विनोद बहादुर सिंह चयन भएका छन् ।
आज शुक्रबार भएको तेस्रो जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरीएको सहकर्मी रमेश केसीले बताए ।
बझाङ जिल्लाको पेशागत अभियानलाई थप उचाइमा पुर्याउने दृढ सोच सन्कल्पका साथ काम गर्ने लक्ष्य राखेको र जिल्लाको पेशागत अभियानलाई थप उचाइमा पुर्याउनको लागि आफु र आफ्नो टिमलाई विश्वाश गरेर जिम्मेवारी दिएको हुँदा त्यो जिम्मेवारी बाट आफुहरु कहिले पनि बिचलित नहुने पेशागत महासंघ नेपाल बझाङका निवाचित अध्यक्ष सिंहले बताए ।
सबैको साथ र सहयोग लाई आत्मसात गर्दै काम गर्ने विश्वास राखेको आफु र आफ्नो टिम सकारात्मक बाटोतर्फ मात्र अग्रसर भएर काम गर्ने, सबैलाई समेटेर आफ्नो टिम ले उत्कृष्ट काम गर्ने प्रतिबद्धता समेत उनले जाएर गरेका छन्।