स्ववियु निर्वाचन : बझाङका ६ वटा क्याम्पसको सभापतिमा यी हुन् अनेरास्ववियु र अनेरास्ववियूका उम्मेदवार

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ :चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट विध्यार्थी सङ्गठन अनेरास्ववियूले संयुक्त रुपमा बझाङका छ वटा क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ ।

स्ववियु निर्वाचनमा एस निकट र एमाले निकट विध्यार्थी संगठन बिच सहकार्य हुने भएको छ ।

शनिबार त्रिभुवन विश्वविध्यालय अन्र्तगतका छ वटा क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला अध्यक्ष दिल बहादुर खातीले जानकारी दिए ।

त्रिभुवन विश्वविध्यालय अन्र्तगतका सातवटा क्याम्पस रहेको बझाङ जिल्लामा बुंगलमा रहेको त्रिवेणी आदर्श क्याम्पस विजगडामा स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

क्याम्पसले एक सूचना जारीगर्दै क्याम्पसमा स्ववियु निर्वाचन गर्ने वातावरण नभएकाले अर्को सहमति नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको निर्वाचन अधिकृत डम्मरबहादुर कार्कीले बताए ।

क्याम्पसले मनोमानी सर्वदलिय बैठेकको निर्णयविना नामावलीउपर दावीविरोधको निवेदनलाई समेत मतलव नगरी आफ्नो ढंगले विद्यार्थी संगठनको सहमतीविरुद्ध नामावली प्रकाशन गरेको भन्दै स्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता गरिएका चार वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै विहिबार क्याम्पसमा ताला लगाएका थिए ।

उनीहरुले आफ्ना मागहरु पुरा नभए क्याम्पसको ताला नखोल्ने र थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

एमाले, समाजवादी, माओवादी केन्द्र र विप्लव निकटका विद्यार्थी संगठनले विद्यार्थी संगठनले मतदाता नामावली त्रिभुवन विश्वविद्यालयको निर्देशन अनुसार प्रकाशन गर्नुपर्ने, कुनै पनि पूर्व सूचनाविना विएड दोस्रो बर्ष र तेस्रो वर्षका विद्यार्थीहरुको गैरकानुनी र मापदण्ड विपरीत मतदातामा नाम हटाइएकोले छानविन गरी सम्पूर्ण विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी गराउनुपर्ने, फागुन ५ गतेको त्रिविको निर्णय अक्षरस पालना गर्नुपर्ने, क्याम्पस प्रसासनल विद्यार्थी संगठनलाई सूचना सम्बन्धिको हकबाट वन्चित गरी पुरै क्याम्पसलाई राजनितीक अखडा बनाई अन्य संगठनसंग गरेको सिमित व्यवहारलाई सुधार गरी अहिलेको विध्यालय व्यवस्थापन समितिको कार्यकाल पुरा भएकोले नयाँ निमार्ण समिति गठन गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

अनेरास्ववियु
१.सेती क्याम्पस,लक्ष्मण गिरी
२.सुनकुडा क्याम्पस सुनकुडा,दिलिप अधिकारी
३.थलारा बहुमुखि क्याम्पस थलारा,महेश जेठारा
४.कापर देव बहुमुखि क्याम्पस,राजेश कार्की

अनेरास्ववियू

१.शान्ति आदर्श क्याम्पस व्याँसी, विसाल धामी
२.बझाङ दिप क्याम्पस झोता, दिपेश विक

Leave a Reply

Your email address will not be published. Required fields are marked *