राष्ट्रिय युवा संघ बझाङको नवौँ जिल्ला अधिवेशन शुक्रवारबाट सुरू हुने

बझाङ राजनीति

बझाङ ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बझाङको नवौँ जिल्ला अधिवेशन भोली चैत्र १० गतेबाट सदरमुकाम चैनपुरमा सुरु हुने भएको छ । युवा संघ नेपाल जिल्ला कमिटी बझाङको अधिवेशनको तयारीका लागि आज बैठक बसेको राष्ट्रिय युवा संघ बझाङका अध्यक्ष संसार खड्काले जानकारी दिए ।

युवा संघले जिल्ला अधिवेशनका लागि फागुन महिनाभित्र पालिका र वडास्तरको अधिवेशन गरिसकेको छ । जिल्ला अधिवेशनका लागि अध्यक्ष खड्काको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

जिल्ला अधिवेशनबाट युवा संघको नयाँ नेतृत्व समेत चयन गरिने युवासंघ नेपालका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज लोकेश सिंहले बताए । राष्ट्रिय युवासंघ बझाङको अधिवेशन शुक्रबार सदरमुकाम चैनपुर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा हुने छ । अधिवेशनमा वडाकमिटीका अध्यक्ष, पालिका कमिटीका अध्यक्ष लगाएतको सहभागिता रहने युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य उतमजंङ सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *