रिदम सिंह, बझाङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बझाङको नवौँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । हिजो चैत्र १० गतेदेखी संञ्चालन भएको उक्त नवौं जिल्ला अधिबेशनले राष्ट्रिय युवा संघ नेपाल बझाङको नयाँ नेतृत्वमा संसार खड्कालाई पुनः दोहोर्याएको छ। अधिबेशनबाट जिल्ला अध्यक्षमा संसार खड्का, उपाध्यक्षमा धिरेन्द्र सिंह, सचिवमा देवेन्द्र रोकाया, सहसचिवमा सपना बोहरा र प्रसान्त भण्डारी र कोषाध्यक्षमा उमेश विष्ट लगाएतको नयाँ कार्यसमिती चयन गरेको छ ।
राष्ट्रिय युवा संघको नयाँ नेतृत्व सर्वसम्मत्बाट चयन गरिएको हो । अध्यक्षमा चयन भएका खड्का युवा संघ बझाङको नेतृत्वका लागी दोस्रो कार्यकालका लागी दोहोरिएका हुन् । युवा संघले आगामी दिनमा बझाङ जिल्लामा पार्टीलाई महत्वपूर्ण दिशा दिनका लागी काम गर्ने, न्याय, सुशासन तथा जनमुखी काम गर्नका लागी सरोकारवालाको ध्यानाकर्षण गराउने राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज लोकेश सिंहले बताए ।