बझाङ । नेपाल निजामति कमचारी संगठन साइपाल गाउँ संगठनको पहिलो विस्तारित वैठक सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी सगठन साइपाल गाउँपालिका अध्यक्ष दिपक बोहराको अध्यक्षतामा संञ्चालन भएको उक्त बैठकमा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य जय बहादुर विश्वकर्मा प्रमुख अतिथी रहनुभएका थियो । त्यसैगरी नेपाल निजामति कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश धामी, साइपाल गाउँपालिका अध्यक्ष मानविर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ विशिष्ट अतिथी रहनुभएको थियो ।
आज बसेको विस्तारित बैठकले संगठनमा रहेका सदस्यहरुको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, कर्मचारीको सेवा सुविधाका बारेका पालिकाको ध्याकणर् गर्ने लगायतका विभिन्न निणर्हरु गरेको नेपाल निजामति कर्मचारी संगठन बझाङका कोषाध्यक्ष तिलक बहादुर विसीले जानकारी दिनुुभयो ।