स्थानीयको जीवीकोपार्जनमा टेवा पुर्याउन अल्लो प्रशोधन तालिम

बझाङ समाचार

रिदम सिंह, बझाङ । अल्लो प्रशोधन, कपडा, धागो, झोला बुनाई तालिम आज बुधबार सम्पन्न भएको छ । गत चैत्र दुई गतेदेखी संञ्चालन भएको उक्त एक महिने तालिम तलकोट गाउँपालिका ६ मेलचौरमा सम्पन्न भएको हो । एक महिनासम्म संञ्चालन भएको उक्त तालिमको आज तल्कोट गाउँपालिका अध्यक्ष कलक बहादुर रोकायाले समापन गर्नुभएको हो ।

गरिवी निबारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) र जिआइजेड अन्र्तगतको रिप (REEP) परियोजनाको आर्थिक सहयोग तथा तल्कोट गाउँपालिकाको सहकार्यमा उक्त तालिम संञ्चालन गरिएको थियो । गाउँमा पाइने अल्लोलाई प्रशोधन गरी त्यसबाट उत्पादन हुने विभिन्न सामाग्री कपडा, झोला तथा धागोलाई उत्पादन गरी नागरिकको जीवीको पार्जनमा सहयोग पुर्याउने उदेश्यले तल्कोट गाउँपालिका वडा नं. ४, ५, ६ र ७ का ३० जनालाई उक्त तालिम प्रदान गरिएको हो । तालिममा महिला, विपन्न परिवारका सदस्य, तथा दलित उत्पीडित परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।

एक महिनासम्म संञ्चालन भएको उक्त तालिमको प्रशिक्षण हिमालय अल्लो उद्योग काठमाडौंका खडक बोगटीले गर्नुभएको थियो । साथै आज भएको समापन कार्यक्रममा तल्कोट गाउँपालिका जनप्रतिनिधी, मेड्पाका लघुउद्यम विकास सहजकर्ता सुस्मिता धामी र विन्दु चन्द तथा जिआइजेड अन्र्तगतको रिप परियोजनाका सुरत चन्द लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *