बुङ्गलका मेयरको दादागिरी: शिक्षा अधिकृत हटाएर करार कर्मचारीलाई शिक्षा शाखाको जिम्मेवारी

समाचार सुदुरपश्चिम

साइपाल खवर बझाङः बझाङको बुंगल नगरपालिकामा छैठौँ तहको शिक्षा अधिकृतलाई हटाएर करारमा कार्यरत शिक्षकलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । नगरपालिकामा छैठौँ तहको शिक्षा अधिकृत देवराज जोशी हुदाहुदै नगरप्रमुख जयबहादुर धामी र केही निर्वाचित वडा अध्यक्षहरुको राजनैतिक प्रतिशोधका कारण जोशीलाई हटाएर स्वरस्वती माध्यामिक विद्यालयमा कार्यरत करार÷राहत कोटामा कार्यरत शिक्षक गोपाल कँुवरलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस अघि नगरपालिकामा देवराज जोशीले निमित्त प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेवारी पाएपछि नगरप्रमुख धामीले कार्यपालिका बाट निर्णय नै नगराई एकल रुपमा गोपाल कुवरलाई नगरपालिकामा काजमा ल्याएर शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिनुभएको थियो । राजनितीक दवाबका कारण कामगर्न नसक्ने भन्दै अधिकृत जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्न नसक्ने भन्दै राजिनिनामा दिनुभएको थियो । पहिलेनै निमित्त प्रमुख प्रशासकीय अधिकृत बाट राजिनामा दिएर फेरी शिक्षा शाखामा फर्किए पछि शिक्षा शाखा प्रमुखको जिम्मेवारी जोशीलेनै पाउने निर्णय भएको थियो र बिशिष्टता र छैठौँ तहको शिक्षा अधिकृत स्थायी भएकोले जोशीले शिक्षा शाखा प्रमुख पाउनुपर्ने हुन्छ । तर नगरकार्यपालिको गत चैत्र ६ गतेको बैठकले अधिकृत जोशीको जिम्मेवारी खोस्दै शिक्षा शाखा प्रमुखको जिम्मेवारी कारारमा कार्यरत कर्मचारी गोपाल कुवँरलाई दिने निर्णय गरेको थियो । सो निर्णयमा नगर उपप्रमुख धन बहादुर बोहरा लगायतका केहि जनप्रतिधिले शिक्षा अधिकृतलाई हटाएर करारको कर्मचारीलाई शाखा प्रमुख राख्न नमिल्ने भन्दै फरक मत पनि राखेका थिए । तर बहुमतका आधारमा कार्यपालिका बाट उक्त निर्णय पास भएपछि प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले कार्यपालिकाको निर्णयका आधारमा बैशाख ५ गते कुवरलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिएका छन् । नगरपालिकामा शिक्षा अधिकृत हुदाहुदै करारको कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारी दिएपछि नगरपालिकाको शिक्षा शाखाका कामहरु प्रभावित भएका छन् । सरकारले करारको कर्मचारीहरुलाई प्राबिधिक कामहरु गर्ने अधिकार दिएको भएपनि नगरपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकहरुको कार्यसम्पादन फाराम, शिक्षकको विदा प्रमाण्ति , पेन्सन , कर्मचारी संञ्चय कोष लगायतका प्रसाशनिक कामहरु गर्ने अधिकार नभए पछि समस्या भएको हो । कार्यसम्पादन मुल्याङ्कन स्थायी कर्मचारीलेनै गर्नुपर्ने र काररका कर्मचारीले नगरपालिका भित्रका स्थायी शिक्षकहरुको कार्यसम्पादन फाराम , विदा प्रमाणित लगायतका कामहरु गरेर पठाए पनि शिक्षा निर्देशनालयले नमान्ने भएकाले स्थायी शिक्षकको बढुवाको ढोका नै बन्द भएको छ । शिक्षा ऐनमा कार्यसम्पादन मुल्याकंन स्थानीय तहको शिक्षा अधिकृतले गर्नुपर्ने र त्यो नभएको हकमा शिक्षा विकास समन्वय उपप्रमुखले गर्नुपर्ने प्रबधान रहेको छ ।

बुंगल नगरपालिकाका वडा नं ११ शिव माध्याम्कि विद्यालयका शिक्षक मान बहादुर बोहरा चैत्र २७ गते ६० बर्ष उमेरहद पुरा गरेर अनिवार्य अवकाशको लागी आवस्यक कागजात जुटाएर विदा प्रमाणितको लागि नगरपालिका पुग्नुभयो । करारका कर्मचारीले स्थायी शिक्षको विदा प्रमाणित गर्न नपाइने भएपनि शिक्षा शाखा प्रमुख गोपाल कुवरले अवकासका लागि विदा प्रमाणित गरेर जिल्ला शिक्षा समन्वय इकाइमा पठाउनु भयो, तर जिल्ला शिक्षा ताथा समन्वय इकाइले भने उक्त ऐन विपरीत गरेको काम नहुने बन्दै फिर्ता पठाएको छ । नगरपालिकामा शिक्षा अधिकृतको जिम्मेवारी खोसिएपछि बाहारा जस्तै नगरपालिका भित्रकाम धेरै शिक्षकहरुले उत्त समस्या भोग्दै आएका छन् । अघिल्ला बर्षहरुमा पनि करारका कर्मचारी धनकृष्ण रेक्मीले शिक्षा शाखाको प्रमुख रहदा यहि प्रक्रया नमिलेका कारण धेरै स्थायी शिक्षकहरुको बढुवा रोकिएको छ ।

शिक्षा अधिकृत जोशीले भने आफुमाथि अन्याय भएको र राजनितीक पुर्वआग्रहका कारण आफुलाई शाखा प्रमुख बाट हटाएको बताएका छन् । उहाँले भने मेरो जिम्मेवारी अरुलाई दिएपछि म शाखामा जिम्मेवारी विहीन भएको छु । मलाई संघिय सरकारले दिएको जिम्मेवारी स्थानिय सरकारले खोसेपछि जिम्मेवारी विहीन भएको हुँ र आफु कामगर्न आएको सरकारी कर्मचचारी भएकाले प्रमुख प्रशासकीय अधिकृत संग आफुले गर्नुपर्ने जिम्मेवारी मागेको र जुन जिम्मेवारी दियो त्यही जिम्मेवारी समाल्ने बताएका छन । यस विषयमा बुंगल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले भने आफु नगरपालिकामा नहुदा कार्यपालिकाले चैत्र ६ गते गरेको निर्णय गरेको र आफुले सरकारले गरेको निर्णय लाई कार्यान्वयन गरेको बताएका छन् । उहाँले आफुले बिगत १ मअिना लेखी उक्त निर्णयलाई रोकेको तर शिक्षा शाखा लथालिङ भएपछि पनि उक्त निर्णय कार्यपालिका बाट फिर्ता नभएपछि बाध्य भयर सरकारको निर्णय कार्यान्वयन गरेको बताए।

नगरपालिकाका नगरप्रमुख धामीले भने देवराज जोशी निमित्त प्रमुख प्रशासकीय अधिकृत रहदा कुवरलाई जिम्मेवारी दिएको र अहिले जोशीले प्रशासकीय अधिकृत बाट राजिनामा दिएर फर्किएपछि पनि, राम्रो संग काम नगर्ने ,बढी विदामा बस्ने गरेको कारण कार्यपालिका बाटै निर्णय गरेर शाखा प्रमुखको जिम्मेवारी कुवरलाई दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *