अनेरास्ववियु बझाङका उपाध्यक्ष दाैल्याललाई मातृ शोक: एमाले नेता ऐन महरद्वारा दु:ख ब्यक्त

बझाङ समाचार

बझाङ । नेकपा एमाले निकट अनेरास्ववियुका जिल्ला कमिटी उपाध्यक्ष पुष्कर दाैल्याललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी आमा ६० बर्षिया पुतली दाैल्यालको चैत २९ गते घर नजिकै खर काट्ने क्रममा रूखबाट लडेर निधन भएको थियाे ।

दाैल्यालको निधनप्रति चौतर्फीरुपमा दुख ब्यक्त गरीएको छ । यसैक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह- इन्चार्ज ऐन महर, नेकपा एमाले जिल्ला कमिटि बझाङका अध्यक्ष दमन भण्डारी, जिल्ला कमिटी सदस्य तथा जयपृथ्वी नगरपालिकाका निवर्तमान मेयर विरेन्द्र खड्का, जिल्ला कमिटी सदस्य महेश जाेशी, राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी बझाङका अध्यक्ष संसार खड्का, अनेरास्ववियु जिल्ला कमिटी बझाङका अध्यक्ष दिल बहादुर खाती लगायतका एमालेका नेता, कार्यकर्ताहरुले दाैल्यालको निधनप्रति दुख ब्यक्त गर्दै पार्टिको असल अभिभावक गुमाएको बताउनु भएको छ । साथै शुत्रबार दाैल्यालकाे घर दाैलामा पुगेर उहाँहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति गहीरो समवेदना प्रकट गर्नु भएको छ । दुख व्यक्त गर्न दाैला पुगेका महर लगाएतका नेताहरूले दाैल्यालकाे परिवारलाई कृयाखर्च बाफत आर्थिक पनि सहयाेग गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *