बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेको एक सय दिनको काम सार्वजनिक गरेका छन् ।
शुक्रबार उनले आफ्नो सय दिनको कामको पत्र संचारकर्मीसंग सार्वजनिक गरेका हुन् । सय दिनको कामबारे उल्लेख गदै उनले धेरैकोे विश्वास, अपेक्षा र भरोसा गरेको अनुसार नै आफुले सेवा प्रवाह गर्ने प्रयास गरेको बताए ।
उनले जिल्ला बासीले महसुस गर्ने गरी आफुले सेवा प्रवाह गरेको स्पष्ट पारेका छन् ।
एक सय दिनको काम सार्वजनिक गर्ने पाण्डेय पहिलो प्रमुख जिल्ला अधिकारी हुन् ।
प्रजिअ पाण्डेयले भने, ‘मैले एकसय दिनमा गरेको काम सार्वजनिक गरेको छु । मलाई आगामी दिनहरुमा सेवा प्रवाह गर्दा सुधार गर्नका लागि सहज होस भनेर उक्त काम सार्वजनिक गरेको हुँ ।’
प्रमुख जिल्ला अधिकारी पाण्डेले आफ्नो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा कार्य सम्पादन भएका केही सकारात्मक कार्यहरु भन्दै ५० बुँदामा कामबारे उल्लेख गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले सार्वजनिक गरेका सय दिनका कामहरु