सत्यराज सिंह, बझाङ । बझाङको सदरमुकाम चैनपुरमा नागरिक अभिलेख तथा व्यक्तिगत घटना दर्ता सम्वन्धी पत्रकारहरु संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार पीसविन नेपालले सदरमुकाम चैनपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अधिवक्ता शिवराज जोशीले व्यक्तिगत घटना दर्ता र अभिलेखका साथै लैङ्गिक हिंसा जातिय विभेद सम्वन्धी कानुनी प्रावधानहरुको जानकारी गराएका थिए । साथै उनले हाम्रो समाजमा अझै व्यक्तिगत घटना दर्तालाई व्यवास्था गरेको हुँदा पत्रकारहरुले समुदायमा सचेतना जगाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कतिपय महिला र बालबालिकाहरुको विवाह दर्ता, नागरिकता, जन्मदर्ता समेत नभएको हुँदा त्यस्ता सिमान्तकृत पछाडि परेका समुदायहरुको जानकारीका लागि पत्रकारहरुले पनि सहयोग गर्नु पर्ने विषयमा छलफल गरिएको थियो । विगत २ बर्ष देखि पिसविन नेपालले युयान डीपिको आर्थिक सहयोगमा न्यायमा पहुँच परियोजना जिल्लामा लागु भएको छ । संस्थाले जिल्लाको तलकोट गाउँपालिका, मष्टा गाउपालिका, जयपृथ्वी नगरपालिका, वित्थडचिर गाउँपालिकामा सिमान्तकृत समुदायको न्यायमा पहुँच र समाजमा रहेका कुरिति विभेदहरु हटाउन समुदायमा २४ र विद्यालयमा २० वटा समुहहरु बनाएर सचेतनाका कार्यक्रमहरु गर्दे आएको छ । जिल्ला संयोजक भुवन सिहका अनुसार समुदायमा संचालन भएका समुहहरुमा अहिले परिवार संवाद, जोडि संवाद, बालक्वलब, किशोरी संजालहरुलाई लैङ्गिक हिंसा र बालबविवाह न्युनिकरण सम्वन्धी तालिम र अभिमुखिकरण गरिरहेको बताए ।
उनले कार्यक्रम लागु भएका पालिकाहरुमा अहिले बालविवाह न्युनिकरण भएको पनि जानकारी दिए । उक्त अन्तक्रिया कार्यक्रममा बोल्दै पीसविन नेपालका संस्थापक लाल बहादुर ओलीले समुदायको विकासका लागि पत्रकारहरुको पनि ठुलो भुमिका रहेकाले समाजमा रहेका कुरिति विभेदहरु हटाई कानुनी सचेतना जगाउन पनि सुझाव दिएका छन् । साथै महिला मुक्ति अभियान बझाङकि अध्यक्ष जमुना चन्दले जिल्लामा महिला हिंसाका घटनाहरु धेरै हुने भएकाले महिलाहरुको न्यायका लागि पत्रकारहरुको साथ सहयोग हुनुपर्नेमा जोड दिएकी छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बझाङ शाखाका निवर्तमान अध्यक्ष जगदीस रोकायाले पनि परियोजनाबाट गाउँघरमा कानुनी सचेतना जगाउँने काम प्रशंसनिय भएको बताउदै महिला हिंसा न्युनिकरणका लागि महिला सशक्तिकरण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा जिल्लामा रहेका स्थानिय तथा राष्ट्रिय मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।