मदिरा नियन्त्रण गर्नु मेरो पहिलो उदेश्य हो: डिएसपी शाह

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ: जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत बहादुर शाहले बझाङ जिल्लामा भित्रने मदिरालाई नियन्त्रण गर्नु आफ्नो पहिलो उदेश्य रहेको बताए ।

सोमबार पत्रकार संग भेटघाट गर्दै डिएसपी शाहले जिल्लामा भित्रने तथा जिल्लामा उत्पादन हुने अबैध घरेलु मदिरा नियन्त्रण गर्ने आफ्नो पहिलो उदेश्य रहेको बताएका हुन् ।

पत्रकारहरु संग कुरा गर्दै मदिरा नियन्त्रण अभियान सुरु गरेपछि जिल्लाको शान्ति सुरक्षामा सुधार हुने उनले दाबी गरेका छन् ।

मदिरा विक्रिवितरणको समयसिमा नबनाउदा र अबैध रुपमा विक्रि वितरण हुने घरेलु मदिराका कारण झै–झगडा बढ्दै गएको तथा शान्ति सुरक्षा समेत विग्रन लागेको भन्दै डिएसपी शाहले यो अभियानलाई केहि दिनबाट तिव्रता दिने बताए ।

उनले भने,‘मेरो पहिलो उदेश्य भनेको यो जिल्लाको मदिरा नियन्त्रण गर्ने हो । सरोकारवालाहरु संग छलफल गरेर यो कामलाई केहि दिनमा तिव्रता दिन्छु । लाइसेन्स भएका व्यापारिहरुको पनि मदिरा विक्रि वितरण गर्ने समयलाई निधारर्ण गर्नु आवश्यक छ । मदिरा २४ घन्टा विक्रि वितरण गर्ने कार्यलाई रोकेर विक्रिवितरणको समय निश्चित बनाउन पहल गर्छु ।’

विक्रि वितरण हुदै आएका मदिरा नियन्त्रण र अनुमति नलिइकन सञ्चालित पसलहरुलाई मर्यादित बनाउन सुरु गरेसंगै समाजमा शान्ति सुरक्षामा समेत सुधार आउने डिएसपी शाहले बताए ।

मदिरा नियन्त्रण अभियान पछि समाजमा आपराधिक घटनामा समेत कमी आउने विश्वास समेत रहेको उनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *