बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत, चैत २४ गते उम्मेदवारी दर्ता

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ :निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगका सहप्रवक्ता डा.थानेश्वर भुसालका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ निर्वाचन क्षेत्र नं १ को कार्यतालिका स्वीकृत भएको हो ।

स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिनेछ ।

स्वीकृत कार्यतालिकाअनुसार चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने उनले बताए ।

निर्वाचन कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिने उनले बताए ।

सहप्रवक्ता भुसालले २०८० चैत २८ देखि २०८१ बैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि र वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने बताए ।

साभार : नेपाल प्रेस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *