बझाङ उपनिर्वाचनमा एमालेले सिफारिस गर्यो तीन जनाको नाम

बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ-नेकपा एमाले बझाङ जिल्ला कमिटीले प्रदेश सभा क को उपनिर्वाचनका लागि तीन जनाको नाम उम्मेद्वार सिफारिस गरेको छ ।

जिल्ला कमिटीले उम्मेदवारका लागि प्रदेश कमिटीसमक्ष तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्ट रहेका छन् । जिल्ला कमिटीको सिफारिसमा यसअघि उम्मेद्वार भएका अफिलाल ओखेडाको नाम भने परेको छैन ।

उक्त निर्वाचन क्षेत्र यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । उनले सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेकैबेला सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको छ । सोही स्थानमा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

आगामी वैशाख १५ गते हुने उपचुनावका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *