उपनिर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ –प्रदेशसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।

जिल्ला अदालत बझाङमा विहिबार दिउसो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै अन्तिम मतदाता नामावली समेत प्रकाशन भएको छ ।

उपनिर्वाचनमा ३० हजार १ सय ९९ जना महिला र ३१ हजार ५ सय ४९ जना पुरुष गरी ६१ हजार ७ सय ४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

कार्यतालिका अनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा १९ दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले जिल्ला न्यायाधीश सुर्दशन लामिछानेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *