ढँडार मष्टामाणु पुर्ननिर्माण महाअभियान सुरु, राष्ट्रपतीद्धारा शिलान्यास गरीने

Breaking news पर्यटन बझाङ मुख्य खबर सुदुरपश्चिम
  • एकदिनमा चालिस लाख आर्थिक सहयोग संकलन
  • अनुमानित लागत रु ९ करोड ६८ लाख

बझाङ– खस आर्यहरुका कुलदेवता मष्टाको उत्पती स्थल बझाङको मष्टा गाउँपालिकामा रहेको ढँडार मष्टा माणु (मन्दिर) पुर्न निर्माणका लागि महाअभियान सुरु गरिएको छ । जनस्तरबाट सहयोग संकलन गरि निर्माण सम्पन्न गर्ने लक्ष्य सहित गाउँपालिकाले यो अभियान संचालन गरेको हो ।
उक्त अभियानका क्रममा एकै दिन करिब ४० लाख रकम संकलन भएको छ । महाअभियानको बारे जानकारी दिन बझाङ सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न व्यक्तीहरुले ३९ लाख ८४ हजार ९९२ रुपैया सहयोग गरेका हुन ।
विक्रम संवतको ११ औं शताब्दी तिर निर्माण भएको विश्वास गरिएको यो मन्दिर जिर्ण अवस्थामा रहेको छ । देशै भरीबाट बर्षेनी ठुलो संख्यामा मष्टो प्रती आस्था व्यक्ति ढँडार मस्टाको दर्शन गर्न यहाँ पुग्ने गरेका छन । मष्टा गाउँपालिकाले आर्थिक श्रोत संकलन र ब्यवस्थापनको लागि ‘मष्टामाणु पुर्ननिर्माण अभियान सम्बन्धी कार्यविधी २०८१ तयार गरी नागरिक स्तरको समितिलाई पुर्न निर्माणको जिम्मेवारी दिएको छ ।


‘देशको कुल जनसंख्याको आधा हिस्सा रहेको खसआर्यहरुले मान्ने देवताको उत्पती थलोलाई यस्तो दुरावस्था राख्नु लज्जाको विषय भएकोले पालिकाले यो अभियान संचालन गर्ने निर्णय गरेको हो गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले भने, ‘धार्मीक आस्थाका धरोहरहरु राज्यको विकास बजेट नभै आस्थावानहरुकै लगानी र स्वामित्वमा बन्नु पर्छ भन्ने मान्यतामा आधारित भएर पालिकाले कार्यविधी तयार गरी अभियान सुरु गरिएको हो  उनले मष्टो सभ्यताको संग्राहलयको रुपमा विकास गर्ने गरी केही दिन भित्रै पुर्ननिर्माणको प्रक्रिया सुरु हुने र राष्ट्रपतीले त्यसको शिलान्यास गर्ने गरी तयारी भैरहेको जानकारी दिए ।
पालिकाले जारी गरेको कार्यविधी अनुसार नागरिक स्तरको एउटा भेलाले केही दिन अघि पुर्न निर्माण मुल समिति गठन गरेको थियो । मष्टामाणु पुर्न निर्माणको लागि पुरातत्व विभागले दुइ वर्ष अघि नै अध्ययन गरी पुर्न निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको र सोही अनुसार पुर्न निर्माणको काम अघि बढाइने बताइएको छ । पुरातत्व विभागले पुर्ननिर्माणका लागिरु नौ करोड ६८ लाख रकम खर्च हुने अनुमान गरेको समितिका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए । मष्टो देवता प्रति आस्थावान देश विदेशमा रहेका तथा सभ्यता संरक्षणमा लागेकाहरुबाट स्वऐच्छिक दान संकलन गरेर पुर्न निर्माणको काम थालिने उनले बताए । ‘यो काम केवल मष्टाको मन्दिर निर्माणको काम मात्रै होइन । मष्टो सभ्यताको उत्पती थलोको संरक्षण र पुर्नउत्थानको अभियान पनि हो उनले भने, ‘यसमा मष्टो संस्कृती मान्नेहरु र सभ्यता संरक्षणमा चासो राख्नेहरुबाट सहयोग हुने अपेक्षा गरेका छौ उनले प्राप्त सहयोग रकम खर्च गर्ने प्रक्रियामा पुर्ण पार्दशिता कायम गर्नका लागि गाउँपालिकाले लेखा व्यवस्थापन गर्ने र सम्पुर्ण खरिद कार्य नेपाल सरकारको नियम अनुसार गरिने बताए ।
पत्रकार सम्मेलनमा पुर्व जिल्ला पञ्चायत सभापती नवराज जोशी, नेपाल प्रहरीका पुर्व डिआइजी तथा मष्टो संस्कृतीका अध्येता श्यामबहादुर खड्का लगायतले मष्टो सभ्यता र संस्कृतीको महत्वका बारे समेत जानकारी दिएका थिए । ‘मष्टो संस्कृती भनेको प्रकृती पुजक संस्कृती हो । यसले प्रकृतीलाई क्षती नगरी जिवन यापन गर्ने कला लाई अंगिकार गरेको छ । देशको कुल जनसंख्याको ५१ प्रतिशत जनसंख्या खसआर्यहरुको रहेको र उनिहरुको कुल देवता मष्टो रहेको बताउदै खड्काले भने, ‘मष्टाको उत्पती थलोको पुर्न निर्माण पछि यो क्षेत्रलाई धार्मिक मात्रै नभई प्रकृती मैत्री जिवन शैलीको खुला संग्राहलयको रुपमा विकास गर्न सकिने सम्भावना छ
मष्टा माडुको पुर्न निर्माण पछि ढँडार मष्टा मन्दिरलाई धार्मीक पर्यटनको केन्द्र बनाउनका लागि मष्टाको मुल मन्दिर, नजिकै रहेका बाँठपाला र लाकुँडा देवताको मन्दिर, मन्दीरको सिंढी, धर्मशाला, संग्राहलय तथा पार्क सहित निर्माण गर्ने गरी काम भैरहेको पुर्ननिर्माण मुल समितिका सचिव जोग कठायतले जानकारी दिए । ‘यो क्षेत्रलाई धार्मीक मात्रै नभई मष्टो सभ्यताको बारे अध्ययन गर्न चाहानेहरुको केन्द्रको बनाउने योजना अनुसार काम अघी बढेको छ उनले भने, ‘पुर्न निर्माण सम्पन्न भए पछि यो क्षेत्रको पर्यटन प्रर्बद्धनको लागि पनि काम गर्ने तयारी भैरहेको छ उनले आगामी दुइ वर्ष भित्रमा सम्पुर्ण संरचनाहरु निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरीने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *