पश्चिमको पहाड

हालसालैको एक यात्रा ।

धनगढीबाट उक्लेपछि पहाड सुरु भयो । उचाइ जति जति बढ्दै थियो चिसो पनि उति नै । डोटी र डडेल्धुराका हरियाली जंगल अनि बैतडीका पाटन (फाटिँला चउर) का दृश्यले भने चिसो बिर्साउने गरी मन लोभ्याए ।

साइपाल हिमाल ।


डडेल्धुराबाटै हो पारिपट्टि सेताम्मे हिमाल टल्किन थालेको । बस अघि बढ्दै थियो । खुलेको हिमाल धेरैपछि देख्न पाएकोले होला म एक टकले हिमाल हेर्ने ध्याउन्नेमा हुन्थे ।


बसमा अरु यात्रुको भन्दा बेग्लै भेषमा थिए म । युवा उमेरका एक यात्रुले सोधिहाले, ‘तपाई कहाँबाट आउनुभएको ?’ मैले भने ‘धनगढीबाट ।’ बोली, लबज बेग्लै । उनलाई यतिमै पत्याएनन् । …. ‘म खप्तड घुम्न हिडेको ।’ भनेपछि उनी दंग परे ।


उनी र साथीहरु म संग कुरा गर्नु अघि खप्तडका बारे काठमाडौंमा हुने चर्चाको गफ गरिरहेका थिए । उनका लागि अचानकको पात्र थिए म । उनी थलारा गाउँपालिकाबाँसी । काठमाडौंमा अध्ययनका लागि बस्दै रहेछन् । घर पुगेको पर्सिपल्ट खप्तड जाने सोच बनाएको सुनाए ।


खप्तड बझाङको खप्तड छान्ना गाउँपालिकामा पर्छ । उता जानलाई सदरमुकाम चैनपुर पुग्नुभन्दा थोरै अगाडी तमैलबाट बाटो पर्छ भन्ने थाहा दिएका थिए । म भने त्यो दिन चैनपुर बस्ने सोचले अघि बढे ।

चैनपुरकाे पानाराेमा भ्यु ।


सेती नदि र बाहुलीगाड खोलाले घेरिएर बनेको चैनपुर टापुलाई माथि डाडाँबाट अवलोकन गर्दा रोमाञ्चक अनुुभुति भयो । यात्रा पनि रमाइलै भएको थियो । अजंगका पहाड खाेपेर बनाइएको सडकमा बस यात्रा गर्नुको मजा पनि बेग्लै थियो । खास गरी चैनपुरमा स्लेटले छाएका घरले मन छोएको थियो ।

स्लेटले छाएकाे घर ।


म स्कुल पढ्दा घर ढुगांले छाउछन् पढेको थिए । कसरी छाएका हुन्छन्, भनेर जान्ने उत्सुकता थियो । ०७२ सालतिरको कुरा हो कसैले सिन्धुलीतिर पाउछ भनेका थिए । बिपि हाइवे हुदै काठमाडौं आउदै गर्दा मैले खुब ध्यान दिएर सडक आसपासका घर नियालेको थिए । ठम्याउन नसक्दा चित्तबुझेको थिएन ।


बझाङमा अवसर त जु¥यो । तर निक्कै ढिला पुगेको रहेछु । पहिले चैनपुरका सबै घर स्लेटले छाइएका थिएछन् । गाउँतिर पनि । पछिल्लाे समय सडकको पहुँच पुगेसंगै कक्रिट घर बन्न थालेका रहेछन् । मैले देखेको बझाङका गाउँका अर्को बिशेषता चाहि छरछिमेकी नजिक नजिकै । बाक्लै घर भएका गाउँ सायदै कमै देखेको छु ।


तर खप्तड जाने यात्रालाई चैनपुरमै टुगंग्याउन पर्दा कता कता निरासा पनि थियो ।

एेतिहासिक थलाे भाेपुर र सेती नदी ।