बझाङ । कर्तव्य ज्यान मुद्धाका दुई फरार अभियुक्त पक्राउ परेका छन् । मष्टा गाउँपालिका वडा – ३ का ४९ बर्षिय ऐनबहादुर खड्का र ६४ बर्षिय सिद्दु खड्कालाई जिल्ला प्रहरी कार्यालयले प्रकाउ गरेको हो ।
उनीहरुलाई २४ बर्षअघि कर्तव्य ज्यान मुद्धा परेको थियो । फरार रहेका उनीहरुलाई बिषेश सुराकीको आधारमा आइतबार घरमै बसिरहेको अवस्थामा पक्राउ गरेको डिएसपि प्रविण धितालले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालतले दुई बर्ष कैद र पाँच सय रुपैया जरीवाना तोकेको छ ।