भूमि व्यवस्था सुधार गर्न मन्त्री अर्यालकाे आग्रह

समाचार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मामारी अर्यालले जग्गा प्रशासनलाई व्यवस्थित गर्न अाधुिनक प्रविधि भित्राउने बताएकी छन् । यसका लागि मातहतका कर्मचारीलार्इ अाग्रह गरेकी छन् ।

दोस्रो विश्व नापी दिवसको सन्दर्भमा आज (बिहीबार) नापी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने कुरामा सफलता मिल्नेगरी काम गर्न आग्रह गरेकी हुन् ।

जग्गा प्रशासनका सन्दर्भमा धेरै काम गर्न बाँकी रहेको भन्दै मन्त्री अर्यालले अब हरेक कुरामा प्रविधिको प्रयोग गरेर जानुपर्ने बताइन्। ‘अब हामीले हरेक चिजमा प्रविधिको प्रयोग गर्नुपर्छ । नापीसँग जोडिएका प्रविधिलाई आएकालाई अधिकतम प्रयोग गर्ने र अझै बढी आधुनिक प्रविधिहरु भित्राउने र भूमिलाई व्यवस्थित गर्ने’, मन्त्री अर्यालले भनिन् । ‘समग्रमा जग्गा व्यवस्थापनको कानुन बन्न सकेको छैन । हामी यसमा लागेका छौ  ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *