काठमाडाैं । कोमल हृदय प्रतिष्ठानले नयाँ शैक्षिक शत्रलाई लक्षित गरी चितवनकाे चेपाङ बस्तीका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । दुर्गम गाउँ सिद्धीको राष्ट्रिय माविमा अध्ययनरत तथा अासपासका ३३१ विद्यार्थीलार्इ कलम, सिसाकलम, इरेजर, शार्पनर लगायतका सामग्रीहरू वितरण गरेको हाे ।
दुर्गम बस्तीका बालबालिकाहरूमा प्रायः पुरानो शैक्षिक शत्र सकिएर नयाँ सुरु हुनु अगाडि नै पढाइ छोड्ने मानसिकता बस्ने भएकाले नयाँ शैक्षिक शत्र सुरु नहुँदै शैक्षिक सामग्री वितरण गरिएको र यसो गर्दा बालबालिकाहरूमा पढाइप्रति उत्साह पलाउने संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक अर्जुन ढकालले बताए । कोमल हृदय प्रतिष्ठान सामाजिक गैह्र-सरकारी संस्था हाे ।