बझाङ– जयपृथ्वीनगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिका तर्फ जादै गरेको जिप दुर्घटनामा नौ जनाको मृत्यू भएको छ । से १ झ १०७२ नम्बरको बोलेरो जिप दुर्घटनामा हुदाँ छ जना घाइते भएका छन । जिपमा कति यात्रु थिए भन्ने एकिन नभएका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
एकाएक मेघगर्जन सहित ठुलो पानी र हावाहुरी चलेका कारण उद्धार कार्यमा कठिनाई भैरहेको घटनास्थलमा रहेका डिएसपी सुर्यबहादुर केसीेले बताए । हुम्लाबाट घाइतेलाई उद्धार गर्न आएको हेलिकप्टर पनि अवतरण गर्न समस्या भैरहेको उनले बताए ।
उद्धारकार्यको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ । जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थल मै घाइतेको प्राथमिक उपचार गरिरहेको र उद्धारको लागि हुम्लाको सिमिकोटबाट हेलिकप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी सुनारले बताएका छन ।
मानिसहरु सहजै जान नसक्ने भिरमा जिप अड्किएकोले उद्धार गर्न कठिनाई भैरहेको घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिएका छन । स्थानिय बासिन्दाको सहयोगमा बाटो खनेर केही प्रहरी र स्थानियहरु घटनास्थल पुगेको उनले बताए ।
मष्टा गाउँपालिका वडा नं १ मा पर्ने डौठ्या खोलाको घुम्तीबाट खसेको जिप करिब एक किलोमिटर तल रहेको अनागाडमा खसेको प्रत्यक्षदर्शी दिपक खड्काले जानकारी दिएका छन । मृत्यू हुने सबै मष्टा गाउ“पालिका १ कोटदेवलका रहेको भए पनि कसैको पनि सनाखत हुन सकेको छैन ।
बझाङमा जिप दुर्घटना नौ जनाको मृत्यु, हेलिकप्टर बस्न कठिनाई (अपडेट)