बझाङ । बझाङमा नेपाल फोटो पत्रकार महासंघ गठन भएको छ । जसमा बझाङमा हिमालय टाइम्सका बझाङ संवादाता सत्यराज सिंह अध्यक्ष , उपाध्यक्षमा रिदम सिंह, कोषाअध्यक्षमा तरुणा जोशी, सचिव विर्ख बोहरा, सहसचिव दोरेन्द्र खड्का गरि ९ जनाको समिति गठन गरेको छ ।
बझाङ जिल्लामा आझेलमा परेका धार्मीक एवंम ऐतिहासिक तथा भिजिट बर्ष २०२० लाई लक्षछित गर्दे बझाङ जिल्लामा रहेका सबै खाले पुराना रितिरिवाज ,परम्परा ,सांस्कृर्ति एवंम धार्मीक क्षेत्रका फोटा उपलब्ध तथा सबै बझाङ जिल्लाका लोप उन्मुख बाली , चरा, बन्यजन्तु ,ठुला साना हिमाल लगाएतका फोटा खिचिने प्रर्तिबदता जनाएका छन ।
जसमा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदीश रोकायाले भने विश्वको तुलनामा बझाङमा पत्रकारीताले बामे सरेको बताए।
विश्वको पत्रकारिताको तुलनामा बझाङ भर्खर उदाएको छ । हामीले समाचारमा र लगनशिलतामा जोड दिनु पर्छ विश्वका पत्रकार भन्दा बझाङका पत्रकारहरु अगाडी हुन सक्छाै । मेहेनत गरौ र सत्य निष्पक्क्ष समाचार लेखौ यस मा समाजले मुल्याङ्कन गर्छ ।
त्यस्तै कार्यक्रममा बोल्दै अग्रज पत्रकार बसन्त प्रताप सिंहले भने हामी छिटो भन्दा ढिलो जाउ तर सत्यलेखेर जाउ कसैले औला ठड्याउने ठाउँ पाउदैन्न सबैले मेरो मान्छे भनेर लुकाउने काम नगरौ सधै सत्य र निष्पक्ष ढंगले समाचार लेखे बझाङको पत्रकारिताको उज्वल भविश्य हुन्छ ।
कार्यक्रममा बोल्दै प्रेस चौतारिका अध्यक्ष रमेश केसीले भने युटुब्ये पत्रकारको जस्तो सटिक र हेटलाईन राम्रो लेखेर हुदैन भित्र समाचार खोलेर हेर्दा पनी राम्रो र रोचक अनि सत्य तथ्य घटनामा आधारित हुनु पर्ने बताए ।