दाह्री ग्याङले गर्याे गर्भा दरबारमा सरसफाई

पर्यटन

कैलाली, दाह्री ग्याङ धनगढीले कैलालीको चुरे गाउँपालिका–४ मा रहेको ऐतिहासिक गर्भा दरबारको अवलोकन तथा सरसफाई कार्यक्रम गरेको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दारी ग्याङ धनगढीले गर्भा दरबारको अवलोकन तथा सरसफाई कार्यक्रम गरेको हो । दाह्री ग्याङ धनगढीसँगै दाह्री ग्याङ फुलबारीकाे टिम, साईकल यात्री भरत बिक्रम शाह र अन्य सामाजिक अभियान्ता सहभागी रहेको समूहलाई चुरे गाउँपालिकाका स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए ।

यसअघि भ्रमण वर्ष २०२० लक्षित गर्दै दाह्री ग्याङ धनगढीले कैलालीको गोदावरीदेखि बुडितोलासम्म पद यात्राको सम्भाव्यता अध्ययनको लागि पद यात्रा गरिसकेकाे छ । भबिष्यमा पनि सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय स्थलको प्रचार–प्रसार तथा प्रबर्द्धनको लागि दाह्री ग्याङ धनगढीले कार्यक्रम गर्ने संयोजक दिनेश बोहराले बताए । गर्भा दरबार खड्क शमशेर जबराले बि.सं १९८२ सालमा बनाएका थिए । दरबार बनाउन ३ बर्ष लागेको त्यहाँका बुढापाकाको भनाई छ । यो दरबारको वास्तविक नाम ‘शमसेर जंग दरबार’ हो। दरबारको कलाकृति जडित पर्खाल २०५५ सालपछि भत्किन सुरु भएको स्थानीय बताउँछन् । राणाकालमा सुदूरपश्चिमको मुद्दामामिला मिलाउन र तिरो (कर) उठाउन उक्त दरबारको प्रयोग गरिन्थ्यो । सुदूरपश्चिमकै एक महत्त्वपूर्ण ऐतिसाहिक दरबार रहेको र यसको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *