पत्रकार सिंह ‘वीरेन्द्रकुमार साह क्रियाशिल युवा पत्रकारिता पुरस्कार’ बाट सम्मानित

बझाङ

काठमाडाैं – प्रेस संगठन नेपालले प्रदान गर्ने वीरेन्द्रकुमार साह क्रियाशिल युवा पत्रकारिता पुरस्कारबाट पत्रकार बसन्तप्रताप सिंह सम्मानित भएका छन्।  कान्तीपुर दैनिकका लागि बझाङ सम्वाददाता सिहलाई शनिबार काठमाडौँमा भएको प्रेस संगठनले सम्मानित गरेकाे हाे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार तथा सम्मानपत्र सिंहलाई प्रदान गरेका हुन्। सिंह विगत डेढ दशकदेखि पत्रकारिता पेशामा त्रियाशिल छन्। सुदुरपश्चिममा रहेर पत्रकारिताको क्षेत्रबाट समाजलाई सचेत र सुसूचित गर्दै प्रगतिशिल रुपान्तरणको पक्षमा पुयाएको योगदान कदर गर्दै सिहलाई पुरस्कृत र सम्मानीत गरिएको प्रेस संगठनले जनाएको छ।

विगतमा बझाङको सैपाल एफएम, साथी सामुदायिक पत्रिका, रेडियो सेती, राजधानी दैनिक, नेपाल टेलिभिजन, समाचार पत्र दैनिक, उज्यालो ९० नेटवर्क, पश्चिम सेती अर्ध साप्ताहिकमा आवद्ध भएर काम गरिसकेका सिंह अहिले बझाङबाट कान्तिपुर दैनिकमा आवद्ध छन्। सिहलाई प्रदान गरिएको पुरस्कारको राशी १० हजार हो। यसअघि प्रेस चौतारी नेपालले उक्त पुरस्कार प्रदान गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *