अनेरास्ववीयु बझाङको संयोजकमा प्रविन्द्र धामी

राजनीति

अनेरास्ववीयु बझाङको संयोजकमा प्रविन्द्र धामी सर्वसम्मत चयन भएका छन् । तत्कालीन एमाले र माओवादी बिच भएको एकिकरणपछि काठमाडौंमा बसेको अनेरास्ववीयुको पहिलो पूर्ण बैठकले धामीलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो।

धामी तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुका सक्रिय नेता हुन । यस्तै सह–संयोजकमा देविजंग बहादुर सिंह चयन भएका छन । सिंह पनि सर्वसम्मत चयन भएका हुन् ।


यसैगरी सुदूरपश्चिमका अन्य जिल्लाका संयोजक र सहसंयोजकको पनि टुङ्गो लागेको छ। कञ्चनपुरमा तत्कालीन अनेरास्वीयु क्रान्तिकारीका वीरेन्द्रराज विष्ट संयोजक र अनेरास्ववीयुका ओम बस्नेत सहसंयोजक चयन भएका छन । बाजुरामा संयोजकमा राजिव रोकाया र सह–संयोजक पारस बुढा, डोटीमा संयोजक डबल बोहरा र सहसंयोजक गणेश बमले पाएका छन्।
यसैगरी दार्चुलाको संयोजकमा आनसिङ बडाल र सहसंयोजक राजेन्द्र डांगा, अछाममा संयोजक ध्रुव रावल र सहसंयोजक निरक शाही, डडेल्धुरामा संयोजक सन्तोश भट्ट र सहसंयोजक पुष्कर देउवा र बैतडीको संयोजकमा गोविन्दबहादुर माल र सहसंयोजक सन्तोश राना सर्वसम्मत भएको अनेरास्ववीयुले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
यस्तै कैलालीमा संयोजक कुमार बडेला र सहसंयोजकमा समिर जोशी चयन भएको प्रेस विज्ञप्तीमा जनाईएको छ । यो स“गै अनेरास्वीयुको एकता प्रक्रिया टुङ्गीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *