सडक हेर्न बझाङबाट बैतडी

सुदुरपश्चिम

झाङ– जथाभावी डोजर संचालन गरेर सडक निर्माण गरेको र जिल्लामा वातावरणिय क्षती निम्त्याएको आरोप खेपिरहेका बझाङका जनप्रतिनिधीहरु सडक निर्माण हेर्न बैतडी पुगेका छन । उनिहरु बैतडीमा निर्माण भएको देहिमाण्डौ गिरेगडा वातावरणमैत्री ग्रामिण सडकको अवलोकनका लागि बैतडी आएका हुन ।
कुनै पनि वातावरणिय असर नपर्ने गरी निर्माण गरिएको उक्त ३२ किलोमिटर लामो सडक हेर्नका लागि बझाङको जयपृथ्वी नगरपालिका, छविस पाथीभेरा, तल्कोट र थलारा गाउ“पालिकाका जनप्रतिनिधी, इन्जिनियर तथा प्राविधिक कर्मचारीहरु बैतडी आएका थिए । जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा ठुलो वातावरणिय, आर्थिक र मानविय क्षती भएको भन्दै सडक निर्माणलाई व्यवस्थित गर्न वातावरण मैत्री ग्रामिण सडक निर्माण निर्देशीका तयार गरी लागु गरेका यि स्थानिय तहहरु वातावरण मैत्री सडक निर्माणको विधी र यसको फाइदाको बारेमा बुझ्न र अवलोकन गर्न बैतडी पुगेका हुन ।


यि स्थानिय तहलाई युएसएडको नेपाल पानी परियोजनाले वातावरण मैत्री ग्रामिण सडक निर्माणका लागि कानुन तथा निर्देशिका निर्माण गर्न सघाइरहेको छ । यो भ्रमणको आयोजना पनि पानी परियोजना कै सहयोगमा स्कट वेल्सन नेपालले गरेको थियो ।
‘हामीले गरेको विकासले जनतालाई सुविधा भन्दा बढी सास्ती दिएको गुनासोहरु आउन थाले पछि पर्यावरण मैत्री सडक निर्माण सम्बन्धी निर्देशिका नै बनाएर लागु गरेका छौ’ जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्रबहादुर खड्काले भने ‘यस्तो सडक कसरी बनाइदो रहेछ ? हामीले बनाउने तरीका र यहा“ के फरक रहेछ ? भनेर हेर्नका लागि प्राविधिक कर्मचारी सहित यहा“ आएका हौं’ उनले आफ्नो नगरपालिकाले अव सडकहरु बनाउदा वातावरणिय पक्ष मात्र नभएर सडक प्रभावित जनताको सामाजिक र आर्थिक पक्षलाई पनि ख्याल गरेर मात्र काम अघि बढाउने बताए ।
स्थानिय समुदाय र वातावरणमा कम भन्दा कम क्षती गरेर सडक निर्माण गर्नको लागि कुन कुन कुरामा ख्याल गर्नु पर्ने रहेछ भन्ने बारेमा देहिमाण्डौ विरेगडा सडक हेरेर आफुले धेरै कुरा सिकेको छविस पाथीभेरा गाउ“पालिकाका इन्जिनियर हिक्मत रावलले बताए । उनले अहिले बझाङमा निर्माण भैरहेका सडकहरु इन्जिनियरिङ मापदण्ड पालना नगरेका कारण ठुलो क्षती व्यहोर्नु परेको सुनाए । ‘यो सडकमा इन्जिनियरले तयार गरेको रेखांकनलाई पुर्ण पालना गरेको छ । अर्काे कुरा यो पुर्ण रुपमा मानवश्रम प्रयोग गरेर बनाइएको रहेछ’ उनले भने ‘डिजाइन स्टीमेटको पुर्णपालना गरियो र अत्यावश्यक ठाउ“मा मात्र भारी उपकरण चलाईयो भने सडक निर्माणबाट हुने क्षतीलाई धेरै कम गर्न सकिदो रहेछ भन्ने यहा“ आएर देखियो’


बझाङका चारवटा स्थानिय निकायलार्ई पानी परियोजनाको सहयोगमा वातावरण मैत्री ग्रामिण सडक निर्माण सम्बन्धी निर्देशिका बनाउन सघाएको दिगो पुर्वाधार निर्माण सम्बन्धी विज्ञ संस्था स्कट वेल्सन नेपालका इन्जिनियर सन्तोस पन्थीले जनप्रतिनिधी र प्राविधिकहरुले यो सडकबाट सिक्नु पर्ने कुराहरु धेरै रहेको बताए । उनले भने ‘इन्जिनियरिङ पाटो मात्रै हैन । यो सडक निर्माण पुर्व स्थानियस“ग गरिएको छलफल र सडक निर्माण प्रक्रिया भएको जनसहभागिताका कारण सडक दिगो र पर्यावरण मैत्री भएको हो । यसबाट सबैले सिक्न र प्रयोग गर्न सकिने थुप्रै कुराहरु छन’ उनले अहिले पहिले रकम छुट्याउने र त्यसपछी अन्धाधुन्द डोजर लगाउने गरेका कारण समस्या भएको बताए ।
२०६६ सालमा तत्कालिन जिटिजेड (जर्मन सहयोग नियोग) को आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला विकास समिति बैतडीले बनाएको यो सडक एक वर्ष भित्रै निर्माण सम्पन्न भएको थियो । ३२ किलोमिटर लामो यो सडक निर्माण गर्नको लागि ६ लाख ६६ हजार किलो चामल, ८३ हजार किलो दाल र करिब चार करोड २३ लाख रकम बरावरको नगद र निर्माण सामाग्री खर्च भएको थियो ।
निर्माणको अवधीमा २० हजार भन्दा बढी स्थानियलाई रोजगारी दिएको यो सडक निर्माण कार्यले बैतडी जिल्ला कै पिछडिएको क्षेत्रको रुपमा रहेको यसक्षेत्रका धेरैको जिवनमा ठुलो आर्थिक परिर्वतन ल्याएको स्थानियहरु बताउछन । ‘गाउ“ नै खाली गरेर इन्डिया जाने यहा“का मानिसहरुका दिन यही सडकले फेरेको हो’ स्थानिय रमेस बोहराले भने ‘सडकमा काम गर्नेहरुले प्रसस्त दाल चामल पाए । सिप हुनेहरुले राम्रै नगद कमाए । त्यही पैसाले कसैले घर घडेरी किने । कसैले पसल व्यवसाय गरे ।’ उनले सडक निर्माणमा खर्च भएको सबै नगद र जिन्सी यहा“का स्थानियहरुमा बा“डिएका कारण धेरैको जिवनमा परिर्वतन आएको सुनाए ।
इन्जिनियरिङ मापदण्डको पुर्ण पालना गरेर मानवश्रम द्धारा निर्माण गरिएको यो सडक निमार्ण भए देखी हाल सम्म कहिले पनि बन्द नभएको र यहा“ कुनै पनि दुर्घटना समेत नभएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बोहराले बताए । ‘अचेल डोजरले बनाएका सडकहरुमा दिन दिनै पहिरो जान्छ । महिनै पिच्छे दुर्घटना भएका समाचार सुनिन्छन । यो सडक बनाएको १० वर्ष भैसक्यो । न कुनै दुर्घटना भएको छ । न त एक दिन गाडी बन्द भएको छ’ यो सडक निर्माणका कारण कुनै पनि भुक्षय नभएको र जिल्लाकै सबै भन्दा राम्रो ग्रामिण सडकको रुपमा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *