अभियन्ता केपी खनालकाे लकडाउन डायरी

काठमाडौं – लकडाउन नहुन्थ्यो त युवा अभियन्ता केपी खनाल यतिबेला सफाइ अभियानमा हुन्थे । न दिन, न रात चोक, गल्ली, बाटाघाटामा बेर्पबाह फोहोर संकलन गरिरहेका हुन्थे ।

विश्वले कोरोना भाइरसको मार खेपिरहेका बेला नेपाल सरकारले चैत्र ११ बाट लकडाउन घोषणा ग¥यो । चैत्र २५ सम्म लम्बिएकाे छ । लकडाउनपछि खनालको दिनचर्या नै फेरियो । चस्मा, मास्क, पञ्जा र पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) ले जिउ ढाक्छन् ।

हातमा मास्क, सेनिटाइजर, डिटोल साबुन, चाउचाउका पोका लिन्छन् । अनि कोरोना रोकथाम, सुरक्षा सचेतनाका लागि आफ्नै गाउँ कैलालीको लम्कीचुहा चहार्छन् । लम्किचुहा अस्पतालका डाक्टर प्रकाश तिमिल्सेनाको टोलीसंग दिनभर सचेतनामै बिताउँछन् ।

लकडाउनले असर नपरोस भन्दै लोप उन्मुख बादी समुदाय लाई नगरपालिका को सहयकार्यमा Dr. सहितको टोली राहत बितरण गर्दै

Gepostet von Kp Khanal/केपि खनाल am Dienstag, 31. März 2020

 

लकडाउन डायरी उनकै शब्दमा ।

म एक महिना अघि भारतको मुम्बईमा मम्मीबुवा भेट्न र समुन्द्री सफाइ अभियानमा गएको थिए । त्यहाँ एक महिनाजति बसेर फर्कने बित्तिकै भाईबहिनीलाई भेट्न यहाँ (घरमा) आए । लकडाउन हुनु तीन दिन अघि आइपुगेको थिए । चैते दशै मनाएर काठमाडौं फर्केर सफाइ अभियानलाई निरन्तरता दिने योजना थियो  ।

लकडाउनले गर्दा यतै छु । मैले त लकडाउन होला भनेर सोचेको थिइन । तर याे हामी देशबासीहरुकै हितका लागि सरकारले घोषणा गरेको छ । जुन सह्राहनीय छ । हामी सबैले आ–आफ्नो ठाउँबाट सरकारको नियमलाई पालना गर्नैपर्छ ।

मेरो दैनिकीको कुरा गरौ । म यतिकै भाइबहिनीहरुसंग घरै बसिरहेको थिए । डाक्टरसाबले पहिल्यैदेखि मेरो अभियान हेर्दै आउनु भएको रहेछ । ‘यसमा पनि लागौ, सेफ्टीको जिम्मा म लिन्छु’ भन्नुभयो । घरै बसेर फेसबुक चलाएर समय कटाउनुभन्दा सचेतना जगाउनु राम्रो भनेर यहि काममा व्यस्त छु ।

मेरो घर लम्कीचुहाँ नगरपालिकाको ३ नम्बर वडामा पर्छ । लम्कीचुहामा १० वडा छन् । सबैमा हामीले सचेतना जगाउदै आएका छौ । यहाँ अझैपनि धेरैलाई साबुनपानीले कसरी हात धुने  धेरैलाइ थाहा छैन । हामी त्यो सिकाउँछौ । भिडभाड गर्न दिदैनौ । नगर्न भनेर सुझाउँछौ । मास्क नभएकोलाई मास्क बाड्छौ । पञ्जा दिन्छौ । सेनिटाइजर बाड्छौ ।

एक सय घर जतिको वादी बस्तीमा चाउचाउहरु पनि बाड्यौ । यो सबै व्यवस्था अस्पतालले गरेको छ । लकडाउन सुरु भएको दुईदिनदेखि हामी निरन्तर लागेका छौ । दिनभर नगरपालिकाभरीको वडाहरुमा घुम्छौ, साझ भएपछि आ–आफ्नो घर फर्कन्छौ ।

लम्किचुहाबाट भारतमा नोकरी गर्न जाने धेरै हुनुहुन्छ । धेरैजसो फर्किनुभएको छ । उताबाट आएकालाई सुरक्षित राख्न प्रत्येक वडामा सुविधायुक्त क्वारेन्टाइन बनेको छ विद्यालयलाई प्रयोग गरेर । उहाँहरु जुन वडाका नागरिक हुनुहुन्छ, त्यही वडाको क्वारेन्टाइनमा राखिएको छ ।

मेरो बुवामम्मी भारतमा नोकरी गर्नुहुन्छ । उहाँहरुले फोन गरेरै घरै बस्नु भन्नुहुन्छ । कोरोनाले आज विश्वलाई आक्रान्त पारेको बेला सचेतना जगाउने काममा म पनि संलग्न हुन पाउदा, दुखको बेला समाजसेवा गर्न पाउँदा खुसी लागेको छ । मैले आफ्नो सुरक्षा गर्दै सचेतना जगाइरहेको छु ।

 

सबै नेपाली दाजुभाई दिदीबहिनीहरु, मेरा साथीभाइ, आफन्त, शुभचिन्तक, फेसबुक, ट्विटर, इन्टाग्राम लगायत सामाजिक सञ्जालका फलोअरहरु सबैलाई लकडाउनको पुर्ण पालना गर्न अनुरोध गर्दछु । हामीले शक्तिशाली राष्ट्रहरुले खेपिरहेको मार भोग्न नपारोस् । सचेत बनौ ।

भिडभाड नगरौ । खानेकुरामा ध्यान दिऔ । घर बाहिर ननिस्कौं । अत्यावश्यक काम परे मास्क, पञ्जा, शरिर ढाक्ने लुगा लगाएर मात्रै निस्कौ । सरसरफाईमा ध्यान दिौ । डिटोलसाबुनले हात धोऔ । सेनिटाइजर प्रयोग गरौ । आफु बाँचौ, अरुलाई बचाऔ ।

केपी खनाल सामाजिक सञ्जालमार्फत थुप्रै अभियान चलाउदै आएका युवा अभियन्ता हुन् । उनको बारेमा विस्तृत जान्न यो पनि पढौ ।

– सुदुरपश्चिमकाे छाेराे केपी